कोरोना जोखिमलाई मूल्यांकन गर्दै अनामनगरमा सडकमै सेनिटाइजर बुथ




सेलिब्रेटी नेपाल,काठमाडौं।
पछिल्लो समय उपत्यकामा बढिरहेको कोरोना भाइरसको जोखिमलाई मूल्यांकन गर्दै अनामनगरमा सिंहदरवारको पूर्वी गेट अगाडी सेनिटाइजरको व्यवस्था गरिएको छ । चलचित्र वितरक, कलाकार तथा जागौं युवा अभियानका अध्यक्ष करण श्रेष्ठको पहलमा पूर्वीगेटको अघिल्तिर सेनिटाइजर बुथ रखिएको हो ।

उक्त बुथको उद्धघाटन चलचित्रकर्मी दीपकराज गिरी, अनामनगर प्रहरी बृत्तका डिएसपी हरी बहादुर बस्नेत, गुण सिनेमा प्रालिका सञ्चालक महेश प्रसाद किजु, जागौं युवा अभियानका अध्यक्ष करन श्रेष्ठ, पत्रकार विनोद चौलागाई तथा चलचित्र पत्रकार संघका महासचिव समिर बलामीले संयुक्त रुपमा गरेका हुन् । अनामनगर क्षेत्रमा आवतजावत गर्ने पैदल यात्रुले उक्त बुथबाट हात सेनिटाइज गर्न सक्नेछन् ।

जागौं युवा अभियानद्वारा अनामनगरमा वृक्षारोपणसंगै कोरोना भाइरसको जोखिम बढेसंगै मास्क वितरणसहितको जनचेतना फैलाउने काम गरिरहेको छ । अभियानका अध्यक्ष करण श्रेष्ठले आफु रहने ठाउँहरुमा सबैले यस्तै किसिमको व्यवस्था गर्न आग्रह गर्दै आफ्नो निवास र कार्यस्थल र टोलटोलमा सेनिटाईजर बुथको स्थापना गर्न सक्यौं भने पनि जोखिमलाई केहि कम गर्न सक्ने बताए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.