आसुसेन फिल्म्सको नयाँ चलचित्रमा हरिबंश,प्रदिप देखि पल सम्म



सेलिब्रेटी नेपाल,काठमाडौं। आसुसेन फिल्म्स प्रोडक्सनले नयाँ चलचित्र घोषणा गरेको छ । वरिष्ठ कलाकार हरिवंश आचार्यदेखि अहिलेका चर्चित कलाकारहरुको अभिनय रहने चलचित्रको नाम ‘हु.तु.तु’ जुराइएको छ ।

कमेडी जनरामा बन्ने चलचित्रमा हरिवंशसँगै राजाराम पौडेल, माओत्से गुरुङ, प्रदीप खड्का, पल शाह, नाजिर हुसेन, गौरव पहारी, सलोन बस्नेत जस्ता चर्चित कलाकारहरुको अभिनय रहनेछ । यस मल्टीस्टारर चलचित्रलाई छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गर्नेछन् । यी दुईले निर्देशन गरेको प्रतिक्षित चलचित्र ‘प्रेमगीत ३’ प्रदर्शनको लागि तयार छ ।

यी सबै कलाकार पहिलो पटक सँगै स्क्रिनमा देखिन लागेका हुन् । चल्तीका कलाकार प्रदीप, पल, नाजिर, गौरव र सलोनलाई पहिलो पटक पर्दामा हेर्न रोचक हुने अनुमान गर्न सकिन्छ । ‘प्रेमगीत ३’ प्रदर्शन अगावै छायांकनमा जाने चलचित्रको लागि मुख्य अभिनेत्री र अन्य कलाकारको खोजी भैरहेको र छनोटपछि जानकारी दिने सन्तोष सेनले बताए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.