रानी मुखर्जीको गोप्य रूपमा इन्गेजमेन्ट


बलिउड हिरोइन रानी मुखर्जी र निर्देशक आदित्य चोपडाको प्रेम सम्बन्धले लामो समयदेखि चर्चा पाउँदै आएको छ । तर उनीहरू अफेयर्सबारे त्यति खुल्न चाहँदैनन्, सकेसम्म गुपचुप नै राख्छन् । यतिखेर भने रानीको हातको औंलामा हीराको औंठी नियमित देखिन थालेपछि बलिउडमा ‘कतै रानी र आदित्यले गोप्य रूपमा इन्गेजमेन्ट गरेका त होइनन् ?’ भन्ने चर्चा छ ।

अर्की नायिका विद्या बालनले गुपचुपमै बिहेसमेत गरेकाले बलिउडकर्मीले रानीमाथि पनि शंका गर्न थालेका हुन् । चोपडा पारिवारमा समेत निकै हेलमेलमा रहेकी रानी मुखर्जी आदित्यका बुवा यश चोपडाको निधनपूर्व अन्तिम क्षणका ‘एउटी बुहारीले झैं’ अहोरात्र सँगै खटिएर बसेकी थिइन्, जसलाई सञ्चारमाध्यमले निकै उछालेका थिए । यश चोपडाको स्मृतिमा हालै भएको एक कार्यक्रममा अभिनेता शत्रुघन सिन्हाले उनलाई सार्वजनिक रूपमै ‘रानी चोपडा’ भनिदिएपछि त्यसलाई पनि सञ्चारमाध्यमले ‘गसिब’ बनाएका थिए । वास्तवमा रानीको हातको औंठी इन्गेजमेन्टकै हो वा होइन, त्यो भने रानी वा आदित्यले नभनेसम्म खुल्न मुस्किल छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.