साइको ‘जेन्टलम्यान’लाई किन लगाइयो प्रतिबन्ध (भिडियो सहित)



दक्षिण कोरियाली र्‍याप गायक पार्क जे सुङ (साइ)को नयाँ म्युजिक भिडियो ‘जेन्टलम्यान’ उनकै देशमा प्रतिबन्धमा परेको छ । यु–ट्युवमा सोमबारसम्ममा यस भिडियोलाई १९ करोड भन्दा बढी मानिसले हेरिसकेका छन् ।

यु–ट्युवमा निकै चर्चित बनेको यो भिडियो कोरियाली सरकारलाई भने मन परेन र ‘साउथ कोरियन ब्रोडकास्ट सर्भिस टेलिभिजन’ले साइको जेन्टलम्यानलाई प्रतिबन्धित गरिदियो ।कोरियन ब्रोडकास्ट टेलिभिजनले साइको यस भिडियोमा असामाजिक गतिविधि देखाइएको जनाएको छ । भिडियोले मानिसलाई असाधारण गतिविधि गर्न प्रेरित गर्ने ब्रोडकास्टको तर्क रहेको समाचारमा जनाइएको छ । केही ‘आपत्तिजनक’ दृष्यका कारण दक्षिण कोरियामा यस भिडियोलाई प्रतिबन्ध गरिएपनि त्यहाँका राष्ट्रपति पार्क गुन हेले भने साइको तारिफ गरेको जनाइएको छ ।

सामाजिक सञ्जालमा खुब ख्याति कमाएको साइको ‘जेन्टलम्यान’ले यु–ट्युवमा आएको २४ घण्टामा सर्वाधिक पटक हेरिएको रेकर्ड कायम गरेको थियो । साइको यसअघि आएको ‘गंगनम स्टाईल’ विश्व चर्चित भिडियो बनेको थियो । जसले यु–ट्युवमा एक अर्ब भन्दा बढी पटक हेरिएको एक मात्रै भिडियोको रेकर्ड समेत राखेको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.