३६ वर्षका भए आर्यन सिग्देल


काठमाडौं। नेपाली चलचित्रका चकलेटी नायक आर्यन सिग्देलको आज जन्मदिन। आर्यनको जन्म सुर्खेत जिल्लामा अगष्ट ५, १९८४ मा भएको थियो। यस आधारमा आर्यनले आज आफ्नो ३६ औं जन्मदिन मनाउँदैछन्। आर्यनलाई थुप्रै चलचित्रकर्मी तथा शुभचिन्तकले सामाजिक सञ्जालमार्फत जन्मदिनको शुभकामना दिएका छन्।

एसएलसी सकेर परिवारसहित काठमाडौं आएका आर्यनको त्यो बेलाको लक्ष्य अभिनेता बन्ने थिएन्। उनी अनपेक्षित रूपमा कलाकारितामा आएको बताउँदै आएका छन्। साथीको उक्साहटमा अभिनयमा कदम चालेको बताउँने आर्यन अन्ततः यही क्षेत्रमा रमाए र समय क्रममा स्थापित भए। आर्यनले ‘किस्मत’बाट चलचित्रमा डेब्यु गरेका हुन्। उनको डेब्यू चलचित्र नै हिट भयो। त्यसपछि ‘मौसम’, ‘मेरो एउटा साथी छ’ चलचित्र हिट भए। चलचित्रमा आर्यनको माग ह्वात्तै बढ्यो। त्यसयता केहीवर्ष उनले लगातार चलचित्रमा काम गरे। हालसम्म आर्यनले तीन दर्जन बढी चलचित्रमा काम अभिनय गरेका छन्।

आर्यन पछिल्ला केही वर्ष भने निस्क्रिय जस्तै बने। २०७५ सालमा ‘कायरा’मार्फत् चलचित्र क्षेत्रमा देखिएका थिए भने गतवर्ष चलचित्र ‘हजार जुनीसम्म’ र ‘च च हुई’ मा काम गरेका थिए। यद्यपी यी चलचित्र सफल हुन सकेनन्।
अहिले आर्यन नयाँ चलचित्रको तयारीमा छन्। यसवर्ष ‘सेल्फी किङ्ग’चलचित्र निर्देशन गरेका चलचित्र निर्देशक विशाल सापकोटाको निर्देशनमा नयाँ चलचित्रको तयारी थालेका छन्। तर, कोरोना महामारीका कारण यो चलचित्रको काम कहिले शुरु हुन्छ टुंगो छैन।

हरिशबाट यसरी बनेका थिए आर्यन
आर्यनको न्वारनको नाम हरिश सिग्देल हो। चलचित्रमा आउनुपूर्व सिरियलमा काम गर्दा उनी हरिश सिग्देलबाटै चिनिन्थे। यद्यपी चलचित्रमा उनी आर्यन सिग्देलबाट परिचित बने। उनले हरिशभन्दा आर्यन नाममा वजन र ग्ल्यामर देखेँ। आर्य परिवारमा जन्मिएका उनको मुखमा आर्य नै बढी झुण्डिन्थ्यो। आर्य आर्य भन्दाभन्दै आर्यन नाम दिमागमा बस्यो। र त्यही नाम राखेँको आर्यन बताउँछन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.