‘बारपाकी माया २’मा प्रितमले अनुतालाई बुढी बनाउने !



काठमाडौ । यतिबेला नेपाली चलचित्र ‘बारपाकी माया २’ टिम नायक नायिकाको खोजीमा लागेको छ । चलचित्रमा अभिनय गर्न चाहनेले अडिसनमा सहभागी हुन भन्दै निर्माण टिमले गत हप्ताबाट अडिसन खोलेको थियो । धेरै जनाले अनलाइन फर्म भरेका छन्, निर्माता खिल गुरुङको अनुसार ७० जनाको आबेदन आइसकेको छ र अझै आउने क्रममा छ तर उपत्यका बाहिरबाट काठमाडौ आउन समस्या भएकोले अडिसन कहिले हुने भने निश्चित भएको छैन ।

नयाँ कलाकारको खोजि भई रहँदा पुरानो कलाकार दोहोरिने होकी होइन भन्ने पनि धेरैमा जिज्ञासा रहेको छ। निर्देशक प्रितम गुरुङको अनुसार चलचित्रको कथा पहिलोको बाट अघि बढेको छ। नायिका अनुता गुरुङ बुढी बन्ने छिन्। ‘बारपाकी माया’वियोगान्त कथा थियो। अब ‘बारपाकी माया २’मा पनि प्रेम कथा नै समाबेश हुने छ तर मिलनको कथा हुन्छ वा बिछोडको त्यो भने अहिले खुलाउन नमिल्ने निर्देशक गुरुङले जनाए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.