पूर्ण र मेलिनाको गीतमा दयाहाङ र रेबिकाको ठुम्का (फोटो फिचर)



काठमाडौँ। कोरोनाका कारण नेपाली चलचित्र क्षेत्र चार महिनादेखि ठप्प छ । चलचित्र क्षेत्र ठप्प रहेपनि म्युजिक भिडियोको छायाँकन भईरहेको छ । चलचित्रमा चलेका केही कलाकारहरु म्युजिक भिडियोमा व्यस्त देखिएका छन । लकडाउन खुकुलो भएसंगै अभिनेता दयाहाङ राईले केही म्युजिक भिडियोमा काम गरिसकेका छन् ।

उनी अभिनित अर्को म्युजिक भिडियो आइतवार गोदावरीमा छायांकन सम्पन्न भएको छ । समाजसेवी तथा गायक पूर्ण लिम्बु र मेलिना राईको स्वरमा रहेको गीतमा दयाहाङ र रेबिका गुरुङ फिचर छन्। मिलन चाम्सको निर्देशनमा बनेको भिडियोलाई सुदिप बरालले छायांकन गरेका छन्। उक्त गीतमा प्रेमकृष्ण बजगाईको शब्द तथा सांगेत रहेको छ।


सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.