‘जात्रा’सँग कथा मिलेको विषयमा बलिउड निर्देशकले दिए स्पष्टिकरण



एजेन्सी । ४ वर्षअघि सार्वजनिक प्रदर्शनमा आएको नेपाली चलचित्र ‘जात्रा’सँग बलिउड फिल्म ‘लुटकेस’को कथावस्तु मिलेको आरोपबारे लुटकेसका निर्देशक राजेश कृष्णन पहिलो पटक बोलेका छन् । उनले हिन्दुस्तान टाइम्सलाई दिएको अन्तरवार्तामा यसबारे आफ्नो आधिकारिक धारणा राखेका छन् । ‘लुटकेस’ जुलाइ ३१ मा अनलाइन प्लेटफर्म डिज्नी हटस्टारमार्फत रिलिज भएको छ ।

लुटकेसको ट्रेलर रिलिज भएपछि नै यो फिल्म र नेपाली फिल्म जात्राबीच समानता रहेको भन्दै धेरै टिकाटिप्पणीहरु भएका थिए । जात्राका आधिकारिक वितरक रविन्द्रसिंह बानियाँले यस विषयमा डिसीनेपालँग कुरा गर्दै लुटकेसको निर्माणपक्षलाई यस विषयमा इमेलमार्फत सोधिएको र फिल्म नहेर्दासम्म विषयवस्तु एउटै भएको भन्ने पुष्टि हुन नसक्ने भएकोले फिल्म रिलिज भएपछि मात्र यसबारे बताउन सकिने बताएका थिए । ट्रेलर हेर्दा दुवै फिल्ममा मुख्य पात्रले ठूलो रकम भेट्टाउने र सो रकम लुकाउन खोज्दा गरेको दौडधुपमा फिल्मको विषयवस्तु केन्द्रित भएको देखिन्छ ।

हिन्दूस्तान टाइम्ससँग कुरा गर्दै कृष्णनले आफूले विज्ञापन फिल्म बनाउँदा समेत कसैले अर्को विज्ञापनको रिमेक बनाउन भन्दा त्यो प्रोजेक्ट नलिने गरेको दावी गरेका छन् । ‘यदि तपाइँले गुगलमा गएर पैसाको झोलाको विषयमा बनेका फिल्मको खोजी गर्नुभयो भने अहिले नै कम्तीमा ५० फिल्म भेट्टाउनुहुन्छ, अ सिम्पल प्लान, नो कन्ट्री फर ओल्ड मेन देखि यु टर्नसम्म । त्यसैले पैसाको झोला भेट्टाएको प्लट लाइनको विषयमा प्रश्न गर्नु भनेको ‘तिमीले फिल्ममा आकाश देखाएका छौ, हामीले पहिल्यै आकाश देखाएका थियौं, तिमी यस्तो कसरी गर्न सक्छौ ?’ ‘अथवा तिमीले फिल्ममा सूर्य देखाएका छौ’ भनेजस्तै हो । सूर्य र आकाश एउटा मात्र छन् । पैसाको झोला भएकै कारण पूरै कथावस्तु एउटै छ भन्न मिल्दैन । मसँग पर्याप्त प्रमाणहरु छन् कि यो फिल्मको अवधारण २०१४ मै बनेको थियो । मलाई लाग्छ जात्रा २०१६ मा मात्र बनेको हो ।’

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.