‘मानव सेवा आश्रम’ मा मनाए गायक सुजनले जन्मदिन



सुर्खेत । गायक सुजन ढकालले जन्मदिनमा गरिने फजुल खर्चलाई कटाएर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको ‘मानव सेवा आश्रम’ आर्थिक सहयोग गरेका छन । केही वर्षदेखि आफ्नो जन्म दिन र अन्य समयमा पनि विभिन्न सामाजिक काम गर्दै आएका गायक सुजनले यसपटक करिब ६० जना आश्रित ‘मानव सेवा आश्रम’ रहेकालाई भोजन गराएर आफ्नो जन्म दिन मनाएका हुन् ।

साउन १५ बिशेष खीर खाने दिन भएकोले गायक ढकालले ‘मानव सेवा आश्रम’ रहेकाहरुलाई खीर ,पुरी ,तरकारी,मिठाइ लगायत भोजन गराएर जन्म दिन मनाएका हुन् । मानवताको सेवा जीवनको सर्बोत्तम कार्यहो भन्ने आस्थाका कारण आफुले सानो भए पनि सहयोग पुगोस भन्ने उद्देश्यका कारण आश्रममा जन्मदिन मनाएको गायक सुजनले जानकारी दिए। सुजनले केहि दिन पहिला बाँकेको नेपालगन्जमा रहेको असहाय ,अशक्त र जेष्ठ नागरिकको हेरचाह गर्ने सस्था ‘निलसागर’लाइ पनि विभिन्न खाद्य र स्वास्थ्य सम्बन्धी सामग्रीहरु सहयोग गरेका थिए ।