सेलिब्रेटिको उपाधी भिरेर सगरमाथा चढ्ने सपना बोकेका नायक अर्जुन र नायिका निशा फर्कंदै


(सेलिब्रेटी नेपाल) ९ बैशाख-अनुमती बिना नै सेलिब्रेटिको उपाधी भिरेर सगरमाथा चढ्ने सपना बोकेर आधार शिविर पुगेका नायक अर्जुन कार्की र नायिका निशा अधिकारीलाई हेलिकप्टर मार्फत काठमाण्डौ फिर्ता पठाउने तयारी गरिएको छ ।सेभेन समिट टे्रक एक्स्पीडिसनका प्रमुख मिङमार शेर्पाले सरकारले रोके तुरुन्त सगरमाथाको आधार शिविरमा हेलिकोप्टर पठाई नायिका निशा अधिकारी र नायक अर्जुन कार्कीलाई काठमाडौ लाने बताएका हुन् । आधार शिविरमा अन्य आरोहण दलका सदस्य तथा हाइ अल्टिच्यूड वर्करहरुले विरोध गरेपछि शेर्पाले यस्तो बताएका हुन् ।
सगरमाथाको आधार शिविरमा रहेका हाई अल्टिच्यूड वर्करले सेभेन समिटले हाई अल्टिच्यूड वर्करलाई तलब, भक्ता दिनुपर्नेमा उल्टै दस/दस लाख लिनु कानुनविपरीत भएको बताएका छन् । ‘हाई अल्टिच्यूड वर्करको रुपमा अधिकारी र कार्कीलाई आरोहण दलको सदस्यलाई जस्तै सेवा सुविधा दिएकोमा हाम्रो आपत्ति हो’ एक शेर्पाले भने ।
यस्तो गैरकानुनी रुपमा सगरमाथा आरोहण गर्ने र गराउने दुवै पक्षलाई कडाभन्दा कडा कानुनी कारबाही गरिनु पर्ने उनको माग छ ।
यसरी कानुनी प्रक्रिया पूरा नगरी किन पठाएको भन्ने प्रश्नमा प्रमुख शेर्पाले भने “के गर्ने दुवै जना रुनै खोजेर मैले पठाएको हुँ, नेपाली भएपछि नेपालीको पीडा नबुझे के नेपाली ?’ शेर्पाले भने यदि मन्त्रालयले हुँदैन भन्यो भने म आधार शिविरबाटै काठमाडौँ ल्याउँछु ।” रासस

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.