आश्माको मायामा सरोज छक्क ! (भिडियो)



सेलिब्रेटी नेपाल। गीत लेखेरै गिनिज अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाईसकेका गीतकार डा. डिआर उपाध्यायले आफ्नो नयाँ गीत छक्कै परें…को भिडियो सार्वजनिक गरेका छन् । सार्वजनिक गीतमा बिष्णु भट्ट र बिना भट्टराईको स्वर रहेको छ । जसमा बिष्णु भट्टकै संगीत छ ।

गीतको भिडियोमा कार्टुन क्रुका जोडी सरोज अधिकारी र आश्मा विश्वकर्माको आकर्षक नृत्य छ । डान्सिङ जनराको यो गीतमा यी दुई जोडीले विभिन्न नृत्य कलाकारका साथ उर्जायुक्त डान्स प्रस्तुत गरेका छन् । ठेट नेपाली शब्दहरुको प्रयोग गरिएको गीत रोमाञ्चक बनेको छ ।

यो भिडियोलाई माईकल स्टेप अप एन्ड आर्टस् एकेडेमीका सञ्चालक कोरियोग्राफर माईकल चन्दले निर्देशन गरेका छन् । उनले गीतमा सरोज र आश्मालाई नृत्यको फरक फरक स्टेपमा प्रस्तुत गरेका छन् । उत्सब दाहालले खिचेको यो भिडियोमा सिलन लम्सालको सम्पादन छ । यो गीतको भिडियोलाई डिआर म्युजिक एन्ड क्रियसनको युट्युव च्यानलबाट रिलिज गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.