चलचित्र पत्रकार संघ दाङले गर्यो संगितकार श्रेष्ठलाई सम्मान



सेलिब्रेटी नेपाल। चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले विश्वका १२ भाषामा संगित गरेर गिनिज बुकमा नाम लेखाउन सफल संगितकार सन्तोष श्रेष्ठलाई स्वागत एवं सम्मान गरेको छ । संघले संगितकार श्रेष्ठलाई तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरी बधाई एवं सम्मान व्यक्त गरिएको हो ।

संघका दाङ शाखा अध्यक्ष शिव पुनको अध्यक्षता तथा सामुदायिक रेडियो प्रशारक संघ नेपालका वरिष्ठ उपाध्यक्ष अर्जुन गिरीको प्रमुख आतिथ्यता एवं संगितकार श्रेष्ठको विशिष्ठ आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

संगितकार श्रेष्ठले नेपाली, हिन्दी, चाइनिज, जापनिज, अंग्रेजी, रसियन , कोरियन, स्पेन, फेन्च, इटालियन, जर्मन र थाइ भाषा गरेर १२ भाषामा संगित गरेर गिनिज बुकमा नाम लेख्न सफल भएर विश्व कृतिमान राखेका हुन् ।

संगितकार श्रेष्ठले समाजका कुरा बोल्ने गीतसंगितले जीवन्त पाउने बताए । उनले संख्यात्मक रुपमा धेरै सिर्जनाले मात्रै उचाईमा पुग्ने नहुने भन्दै थौरै सृजनाले पनि कलाकार जीवन्त हुन सक्ने बताए।

त्यस अवसरमा सामुदायिक प्रशारक संघ नेपालका वरिष्ठ उपाध्यक्ष अर्जुन गिरी , चलचित्र पत्रकार संघका सल्लाहकार शरद रेग्मी, सामुदायिक प्रशारक संघ प्रदेश ५ का सचिव संगीत बस्याल,राप्ती साहित्य परिषद दाङका अध्यक्ष कमलमणी देवकोटा, सिस्नोपानी नेपालका अध्यक्ष डाक्टर लोकराज पराजुली लगायतले संगितकार श्रेष्ठको विश्व कृतिमानीले दाङलाई पनि चिनाउन सफल भएको बताए ।

कार्यक्रममा संघका उपाध्यक्ष सन्तोष के.सी.ले स्वागत मन्तव्य राख्नु भएको थियो यस्तै धन्यवाद ज्ञापन संघका संथापक उपाध्यक्ष चेतन रेग्मीले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण चलचित्र पत्रकार संघका सचिव पूर्ण केसीले गरेका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.