फेरि आलोचित बने दुर्गेश थापा


काठमाडौं। गायक तथा मोडल दुर्गेश थापा फेरि आलोचित बनेका छन्। एक टेलिभिजन अन्तवार्तामा दुर्गेशले दिएको जवाफलाई लिएर सामाजिक सञ्जालमा आलोचना भएको हो। उनको अन्तर्वाताको सानो अंश यतीबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

भएको के हो ?
प्राइम टेलिभिजनको अन्तर्वार्तामा दुर्गेशलाई स्वरसम्राट नारायण गोपाललाई सम्झेर एउटा गीत गाउन भनिन्छ। उनी गाउँछन् भक्तराज आचार्यको गीत ‘मुटु जलिरहेछ…।’

त्यस्तै, दुर्गेशलाई सोधिन्छ, ‘यस बरालको गीत पनि मनपर्छ?’

‘दाईको मनपर्छ, ओराली लागेको हरिणको चाल भो’– दुर्गेशको जवाफ आउँछ।

दुर्गेशलाई ज्ञान रहेनछ की यो गीत रामकृष्ण ढकालको हो।

लज्जास्पद !
कुनै व्यक्ति सबै कुरामा परिपूर्ण र पोख्द हुँदैन्। आफ्नै क्षेत्रबारे पनि व्यक्तिमा अनभिज्ञता हुन्छ। सकेसम्म आफ्नो क्षेत्रबारे ज्ञान राखेको राम्रो। ज्ञान नभए बरु थाहा छैन भन्दा राम्रो मानिन्छ। तर, सम्बन्धित विधा, त्यो पनि अग्रज स्रष्टाका सिर्जनाबारे बारे गतल कुरा बोल्नु अहिले चर्चामा रहेका गायक दुर्गेशको लागि लज्जास्पद कुरो हो।

हुन त दुर्गेश गीतका कारण पटकपटक विवादित र आलोचित बनिरहेका छन्। तर, यसपटक आफ्नै क्षेत्रबारे सामान्य ज्ञान पनि नहुँदा सामाजिक सञ्जालमा आलोचित बनिरहेका छन् दुर्गेश। सार्वजनिक अन्तवार्तामा पनि धेरैले दुर्गेशको आलोचना गर्दै कमेन्ट गरिरहेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.