म उर्जाले भरिएको आवाज दबाउन चाहान्न : दुर्गेश थापा


काठमाडौं। गायक तथा मोडल दुर्गेश थापाको ‘बिच्च बिच्चमा ३’ गीत यतिबेला चर्चामा छ। गीतले युट्युव ट्रेन्डिङको शीर्ष एक स्थान ओगटेको छ। दुर्गेशले केही दिनअघि गीतको पोष्टर सार्वजनिक गर्दा चौतर्फी आलोचना भएको थियो। सार्वजनिक पोष्टरमा दुर्गेशसहितका कलाकार महिलाको पोशाकमा सजिएका छन्। तर, भिडियो सार्वजनिक भएपछि आलोचना कम देखिएको छ।

उनै दुर्गेशले गीत ट्रेन्डिङमा आएकोमा फेसबुकमा खुसी साट्दै गीतमा नेपाली माटोले बोल्न खोजेका आवाजहरू समेटेको उल्लेख गरेका छन्। उनले आफ्नो आवाज सुरिलो तथा कर्णप्रिय नभएपछि उर्जाले भरिएको बताएका छन्। आफूले कोही–कसैप्रति पूर्वाग्रह नराखी समाज र देशका बिकृतीहरुलाई गीतमार्फत प्रतिनिधित्व गरेको बताउँदै उर्जाले भरिएको आवाज दबाउन नचाहने बताउँछन्।

दुर्गेश आफ्नो शरिर, कद, वर्ण र क्रियाकलापले मानिसको मनमा आफ्नै खालको धारणा बनेपनि आफू सरल र सामाजिक हुन् मन पराउने बताएका छन्।