किन–किन किस सिन र बेड सिनको वर्षा



(सेलिब्रेटी नेपाल) ८ बैशाख–वर्ष २०६९ मा यौनप्रधान चलचित्रको बाढी आएको थियो। यो क्रम २०७० सालमा पनि नरोकिने पक्कापक्की भएको छ। उकेश दाहालले निर्देशन गरेको ‘किन–किन’का सार्वजनिक भएसँगै यस्तो अनुमान गरिएको हो। सेन्सर बोर्डले एडल्ट सर्टिफिकेट दिइसकेको यो चलचित्रमा किस सिन र बेड सिनको वर्षा भएको सार्वजनिक पोस्टरबाटै सजिलै अनुमान लगाउन सकिन्छ। यद्यपि निर्देशक दाहाल सेक्सलाई निकै कलात्मक ढंगबाट प्रस्तुत गरिएकोले सेन्सर बोर्डले एक दृश्यमा पनि कैंची नचलाई एडल्ट सर्टिफिकेट दिएको बताउँछन्। ‘किन–किन’बाट अरुणिमा लामा नामधारी एक युवती सिने यात्रा थालनी गर्दैछिन्। महानायक राजेश हमाल र अर्का चर्चित नायक सुवास थापासँग टङ किस दिएको तस्बिर सार्वजनिक भएसँगै उनको चर्चा चुलिएको छ। डेब्यु भूमिमै टङ किस र सेमि–न्युड सिन दिएपछि उनको आलोचना पनि सुरु भएको छ। कतिपयले उनलाई सुजाता सिटौलासँग तुलना गर्न थालेका छन्, सुजाता तिनै नायिका हुन्, जो दाहालले यसअघि निर्देशन गरेको चलचित्र ‘पलपलमा’मा यस्तै अश्लील र विवादस्पद सिन दिएको कारण चलचित्र क्षेत्रबाटै पलायन भएकी थिइन्। यद्यपि ‘किन–किन’ प्रदर्शन नभई अरुणिमाको करियरले कुन मोड लिने हो? यसै भन्न गाह्रो छ।
उसो त निर्देशक दाहालले अरुणिमालाई मात्र होइन, अर्की नायिका शशि खड्कालाई पनि भरपूर चुम्बन गर्न लगाएका छन्। शशिले चलचित्रका मुख्य पात्र राज तिमल्सिनासँग टङ किस दिएकी छिन्। राजसँग चुम्बनको दृश्य खिचिसकेपछि शशिको आँखाबाट आँसु चुहिएको बताइन्छ। तर अरुणिमाको आक्रामक किस सामु शशिको किस फिक्का सावित भएको छ। यो चलचित्रमा शशि र अरुणिमाको अलावा तीन चर्चित गायक राजेशपायल राई, प्रमोद खरेल र हिमाल सागरले पनि टङ किसको दृश्य दिएका छन्। यस्तो किसैकिसले भरिएको चलचित्र ‘किन–किन’ हेर्न दर्शकले आउँदो साउन ३२ गतेसम्म धैर्य गर्नुपर्ने भएको छ।।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.