कोरोनापछि पारिश्रमिक घटाएर काम गर्न तयार दयाहाङ, ‘तर निर्माताको उद्देश्य स्पष्ट हुनुपर्‍यो’


काठमाडौं। सिनेमा क्षेत्र यतिबेला कोरोना महामारीले थलिएको छ। चार महिनादेखि सिनेमा हल बन्द छन्। छायाँकनदेखि प्रर्दशनसम्मका सिनेमा क्षेत्रसंग सम्बन्धित हरेक कार्य रोकिएका छन्। जसले यस क्षेत्रमा आवद्ध हजारौं बेरोजगार भएका छन्।

सिनेमा क्षेत्रका गतिविधि कहिलेदेखि संचालन हुन्छन्? अन्योलको स्थिति छ। यता सिनेमा क्षेत्र संचालनमा आएपछि यो क्षेत्र कसरी गतिशिल होला? उस्तै अन्योल र द्धिविधाको स्थिति छ। कोरोना कहरपछि निर्माताले महँगो लगानीमा सिनेमा बनाउन सक्ने अवस्था नरहने भन्दै निर्देशक, प्राविधिकदेखि कलाकारले पारिश्रमिकमा कटौती गरेर काम गरि सिनेमा निर्माणको वातावरण सहज बनाउनुपर्ने तर्क पनि उठेका छन्।

अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता पल शाहले सिनेमाको टिमले नै पारिश्रमिक घटाएर निर्मातालाई केही सहज हुन्छ भने आफूहरु पारिश्रमिक कम लिन तयार भएको बताएका छन्। यो विषयमा अभिनेता दयाहाङ राई पनि सहमत देखिएका छन्।

शुक्रबार एक म्युजिक भिडियो सुटिङका क्रममा दयाहाङले सञ्चारकर्मीसंग भने,–‘ त्यो समन्वय गर्ने एउटा उपाय हो। सिनेमा क्षेत्रलाई उठाउनका लागि आर्थिक रुपमा धरासायी भयो भने एउटा सहकार्यका रुपमा कलाकारले पारिश्रमिकलाई अलिकति घटाउने कुरामा म सहमत छु।’ त्यसका लागि निर्माताको उद्धेश्य भने स्पष्ट हुनुपर्ने उनी बताउँछन्। उनी पारिश्रमिक घटाउँदैमा मात्र सबै समाधान नहुने बताउँदै निर्माताको सोँच के हो? केका लागि सिनेमा बनाउँदै हुनुहुन्छ? त्यो महत्वपूर्ण हुने तर्क गर्छन्। यदी सिनेमाले यो क्षेत्रलाई नै फाइदा हुने छ भने आफू त्यस्तो सिनेमामा पारिश्रमिक घटाएर काम गर्न तयार रहेको दयाहाङ बताउँछन्। उनी थप्छन्, –‘पारिश्रमिक घटाउने कुरामा म सहमत छु। तर, साँच्चिकै सिनेमा बन्नुपर्यो।’

उनी कोरोनापछि सिनेमा क्षेत्रलाई गति दिन सरकारी पक्षबाट पनि समन्वय हुनुपर्ने बताउँछन्।

यो पनि :

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.