पिएसवाईको दोस्रो गीत जेन्टलम्यानलाईआफ्नै देशमा प्रतिबन्ध


बिश्व रेकर्ड राख्न सफल गायक पिएसवाईको दोस्रो गीत जेन्टलम्यानलाई प्रतिबन्ध लागेको छ। गीतलाई उनकै आफ्नै देश दक्षीण कोरीयाले प्रतिबन्ध लगाएको हो। भिडीयोमा गायक पिएसवाइ सडकमा हिड्दा ट्राफिक नियम पालना नगरेको र सार्बजनिक सम्पतीमा नोक्सान पुर्याएको देख्न सकिन्छ। यसका अलवा गायकले महिलासंग अभद्र रुपमा प्रस्तुत भएका प्रसंग पनि केही छन्। पहिलो गीत गङ्नम स्टाइलले यु ट्युबमा कीर्तिमान बनाउन सफल भएकै कारण यी गायकले दोस्रो गीत पनि ल्याएका हुन्।
रियाको सरकार नियन्त्रित प्रमुख टेलिभिजन नेटवर्क कोरियन ब्रोडकास्टिङ सिस्टम (केबीएस) ले ‘जेन्टलम्यान’ को म्युजिक भिडियोमाथि प्रतिवन्ध लगाएको हो ।
गङ्नमबाट प्रेरित यी गायकको जेन्टलम्यान गीत सार्वजनिक भएकै  दिन यु ट्युबमा करिब साढे ४ करोडले हेरेका थिय भने यो समाचार पोस्ट गर्दाको समय सम्म १८  करोड ७०  लाख भन्दा माथिको संख्यामा हेरी सकिएको छ। अहिले पनि भिडीयो हेर्ने दिनदिनै बढ्दै छन । अहिलेको गतीले अगाडी बढ्ने हो भने जेन्टलम्यानले गङ्नम स्टाइललाई जित्ने अनुमान लगाइएको छ। यी गायकका गङ्नम स्टाइल गीत यु ट्युबमा राखेको ९ महिनामा १ अर्ब ५२ करोडले हेरेका थिए।
जेन्टल म्यान भिडियो हेर्नुहोश 

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.