प्रकाश सपूतको नयाँ गीत ‘नमस्कार’ सार्वजनिक


काठमाडौं। लोकप्रिय गायक प्रकाश सपूत नयाँ गीतका साथ स्रोता तथा दर्शकमाझ आएका छन्। उनले बिहीबार आफ्नै युट्युब च्यानलमार्फत ‘नमस्कार’बोलको गीत सार्वजनिक गरेका छन्।

गीतमा प्रकाशको शब्द, संगीत र स्वर छ। भिडियोमा प्रकाशकै मुख्य अभिनय छ। भिडियोलाई प्रकाशका भाई देबेन्द्र बब्लुले निर्देशन गरेका हुन्। भिडियोमा अनिल के. मानन्धरको छायाँकन, प्रविण भट्टको सम्पादन छ।

हेर्नुहोस् भिडियो :

प्रकाशले यो गीतलाई परिस्थितिको गीत भनेका छन्। उनी भन्छन् ‘कोरोना नआएको भए र लकडाउन नभएको भए यो गीत बन्ने नै थिएन्।’ प्रकाश गीतका शब्दहरुले जिवनप्रती सकारात्मक उर्जा प्रदान गर्दै हरेक समयमा, हामीसंग जे छ त्यसमै खुशी रहन प्रेरित गर्ने बताउँछन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.