गीत चोरी गर्ने तथा छाडा गीत गाउनेलाई कारवाहीको माग


लोकदोहोरी प्रतिष्ठानले रजिष्टार कार्यालयमा बुझायो ध्यानाकर्षण पत्र

काठमाडौं। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले नेपाली गीतसंगीतमा देखापरेका विकृतिजन्य सम्प्रेषणमा ध्यानाकर्षण भएको जनाएको छ।

प्रतिष्ठानले नेपाली लोकगीत तथा मौलिक चाडपर्व विशेष गीतहरुमा छाडा प्रवृत्ति भित्रिएको तथा गीतहरु चोरी भईरहेको भन्दै प्रतिलिपि अधिकार रजिष्टारको कार्यालयको समेत ध्यानाकर्षण गराएको छ। बिहीबार रजिष्टारको कार्यालय डिल्लीबजार पुगेर प्रतिष्ठानले ध्यानाकर्षण गराएको हो।

बौद्धिक सम्पत्तिका रुपमा रहेका गीतसंगीत चोरी भइरहेको तर सम्बन्धित कलाकारलाई ध्यानाकर्षण गराउँदा अटेर गरेको भन्दै चोरी गर्नेलाई सजायको भागीदार बनाउन प्रतिष्ठानको आग्रह छ।

यो पढनुहोस् :

‘नेपाली मौलिक संस्कृतिमाथि भएको लुछाचुडी चोरी चकारी र अश्लिलतालाई नियन्त्रणमा ल्याउन राज्यका तर्फबाट गरिने पहलकदमीका लागि रजिष्टारज्यूको ध्यानाकर्षण गराउन चाहान्छौं’– प्रतिष्ठानका अध्यक्ष रमेश वि.जीद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा उल्लेख छ।

प्रतिष्ठानका अध्यक्ष रमेश बिजी, पूर्व अध्यक्ष दुर्गा रायमाझी, चन्द्र शर्मा, प्रतिष्ठानका उप–महासचिव साथै प्रस्तोता समाज नेपालका अध्यक्ष समेत रहेका शिव हमाल, केन्द्रीय सदस्य पिएन सापकोटा लगायतका कलाकार प्रतिलिपि अधिकार रजिष्टार कार्यालय पुगेका थिए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.