राजेन्द्र र समीक्षाको तीज गीतमा ‘म्याकुरी’ र रुपाको अभिनय


काठमाडौं। गायक राजेन्द्र कंडेल र गायिका समीक्षा अधिकारीको आवाजमा ‘टिकटक काण्ड’ बोलको कमेडी तीज गीत सार्वजनिक गरिएको छ। गायक राजेन्द्र र जिवन प्याकुरेलको शब्द रहेको गीतमा राजेन्द्रकै संगीत छ। बिनोद बाजुरालीले गीतको एरेञ्ज गरेका छन्।

सार्वजनिक गीतको भिडियोमा पवन खतिवडा (म्याकुरी) र रुपा कंडेलको अभिनय छ। दुर्गा पौडेलको छायाँकन तथा निर्देशनमा तयार भिडियोलाई प्रविण भट्टले सम्पादन गरेका हुन्। गीत सामाजिक सञ्जाल टिकटक र मदिराको विषयमा केन्द्रित रहेर तयार गरिएको छ। टिकटकले मानिसलाई कसरी भुलाईरहेको छ? परिवारमा कस्तो असर गरिरहेको छ? गीतमा ब्यक्त गर्ने प्रयास गरिएको छ।

समसामयिक विषयमा बनेको गीतलाई स्रोता तथा दर्शकले पनि रुचाएका छन्। गीत सुपारी म्युजिकको युट्युब च्यानलमा हेर्न सकिन्छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.