गायक हिमाल सागर फिल्म खेल्ने पक्का


काठमाडौं। लोकप्रिय गायक हिमाल सागर फिल्म खेल्ने पक्का भएको छ। उनी स्वयंमले यो कुराको जानकारी दिएका हुन्।

सांगितिक कार्यक्रमका लागि अमेरिका पुगेसंगै कोरोना भाइरसको कहर थपिएपछि उतै अड्किएका हिमालले धेरै दर्शक/स्रोताको चाहनालाई मध्येनजर गर्दै आफू फिल्म खेल्न लागेको बताएका छन्। उनले फेसबुकमा लेखेका छन्, –‘धेरै दर्शक/स्रोताहरुको चाहानालाई मध्येनजर गरेरै कोरोनाको कहर कम भएपछि आधा सुटिङ् विदेश र आधा नेपालमा गर्नेगरी फिल्म खेल्ने पक्का।’ उनले फिल्मबारे अरु कुरा खुलाएका छैनन्।

हिमालका ‘न मैले लेखेँ’, ‘मेरी निशा’, ‘मेरो माया’, ‘तिन ढिंके फुली’, ‘ए..माया’ ‘कल्लाई थाछैन्’ लगायतका गीत चर्चित छन्।

Copyright © 2012 - 2026 | All Right Reserved.