मन्जरी सेन्सर बिरुद्द आन्दोलनमा


(सेलिब्रेटी नेपाल) ६ बैशाख -निर्देशक गणेश देव पाण्डे द्वारा निर्देशित चलचित्र “मन्जरी” सेन्सर बोर्ड बाट झमेला भयो भन्दै गयको चैत ९ गतेको रिलिज लाई रोकेको थियो । बैशाख २० गते  रिलिजको तयारी गरिरहेको छ । अहिले फेरी चलचित्र युनिट सेन्सरको निर्णय बिरुद्ध मैदानमा उत्रने भएको छ। सेन्सर बोर्डले चलचित्रमा समाबेश केहि दृश्यहरु काट्न निर्देशन दिए पछि चलचित्र निर्माण पक्ष आक्रोशमा आएका हुन्। बिहिबार सेन्सर बोर्ड पुगेका निर्माण युनिटले सेन्सरको निम्ति चलचित्र देखाए पछि सेन्सर बोर्डले नायकलाई पिटेको, बोतलमा पिसाब फेरेको र चिया गिलाशमा थुकेको दृश्य काट्न निर्देशन दिएको छ।
यसै बिषयलाइ लियर शनिबार निर्माण युनिटले राजधानीमा पत्रकार भेटघाटको कार्यक्रम गर्ने भएको छ। सो कार्यक्रममा सेन्सरले काट्न निर्देशन दिएको दृश्यहरु समेत देखाउने र त्यसका बारेमा छलफल गर्ने जानकारी निर्माण युनिटले दिएको छ। कार्यक्रम शनिबार दिनको २ बजे चलचित्र संघको कार्यालयमा हुने भनिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.