डा. उपाध्यायले थपे बिश्व रेकर्ड,एउटै गीत १२ भाषामा,



सेलिब्रेटी नेपाल। गीतकार तथा सहित्यकार डा. डीआर उपाध्यायले गीतसंगीतबाटै फेरि अर्काे विश्व रेकर्ड कायम थपेका छन् । यस अगाडि बिभिन्न १४ बिश्व रेकर्ड कायम गरेका उपध्यायले आधुनिक गीति एल्वम ‘मायाको सागर’मा रहेको ‘मायाको सागरमा पौडिन सिकायौ’ बोलको गीत नेपाली हिन्दी, चाइनीज, जापानीज, अग्रेजी, रसियन,कोरियान, फेन्च, स्पेनिस, इटालियन,जर्मन र थाई गरेर १२ भाषामा तयार उनले अहिले ‘गिनिज बुक अफ वल्र्ड’ रेकर्ड कायम गरेका हुन् ।

शनिबार साँझ राजधानीमा आयोजित एक कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले गीतकार उपध्यायलाई ‘गिनिज बुक अफ वल्र्ड’ रेकर्ड प्रमाणपत्र प्रदान गरे । सामाजिक दुरी कायम गर्दै केही मिडियाको उपस्थितिमा आयोजित कार्यक्रममा मन्त्री यादवले गीतसंगीत मार्फत उपाध्यायले धेरै विश्व रकेर्ड कायम गर्न सफल भएकोमा खुसी ब्यक्त गरे ।

‘गीतकार उपाध्यायले नेपालीको गौरव बढाएका छन’ मन्त्री यादवले भने ‘आगामी दिनमा अझ धेरै रेकर्ड प्राप्त होस् । उहाँको माध्यमबाट नेपालको नाम बिश्वको कुनाकुनासम्म पनि पुगोस् । मेरो यहि छ शुभकामना ।’
उक्त अवसरमा गीतकार उपाध्यायले समाजका लागि केही नौलो काम गर्न खोज्दा रेकर्ड कायम भएको बताए । ‘म समाजकै लागि, आत्मसन्तुष्टिका लागि गीत लेख्छु रेकर्ड, पुरस्कार र अवार्डका लागि होइन’ उनले भने ‘काम गर्दै जाँदा रेकर्ड, पुरस्कार, अवार्ड प्राप्त हुँदो रहेछ ।’ रेकर्ड अझ नविनतम काम गर्न हौसला मिलेको उनले सुनाए ।

गीतकार उपाध्यायका ‘प्रणय’, ‘कृति’, ‘माउण्टेन मेलोडी’, ‘नशालु नजर’, ‘सेभेन्थ कडस’, ‘अन्जान तिर्खा’, ‘जोहो’, ‘प्रतिनाद’, ‘नजरको तीर’, ‘अनुभूतिको मझेरी’, ‘स्वर्गघर’, ‘परिष्कृत’, ‘पृथक’, ‘सहेली’, ‘सौभाग्यको सिन्दुर’, ‘अन्तराप’, ‘जखम’ र ‘मायाको सागरमा’ जस्ता १९ वटा गीति एल्वमका सयौं गीत सार्वजनिक छन् ।

उनका ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘दगाबाज’ ‘स्वार्थी’, ‘अधुरो प्रेम’, ‘त्यागी’, ‘वज्रघात’, ‘अपवित्र छाया’, ‘बिटुली’ र सपनाकी रानी जस्ता दश उपन्यास पाठकमाझ आइसकेका छन् ।

माया प्रेम, रोमान्स विछोड देखि स्वास्थ्य तथा योगसम्म गीत लेखेका गीतकार उपाध्यायले डीआर उपाध्यायले वल्र्ड बुक्स अफ अमेरिका, अष्ट्रेलिया, वल्र्ड बुक्स अफ लण्डनलगायत विभिन्न देशबाट वल्र्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरेका छन् । उपाध्यायले मिराकल वल्र्ड रेकर्ड, इण्डिया स्टार वल्र्ड रेकर्ड, एक्सक्लुसिभ वल्र्ड रेकर्ड, जीनस वल्र्ड रेकर्ड र एभरेष्ट वल्र्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरिसकेका छन् ।
केही समय अगाडि ‘हिरो २०१९’बाट समेत सम्मानित गीतकार डा. उपाध्यायलाई गीतकार संघ, नेपालको नवौं वार्षिकोत्सव कार्यक्रममा ‘वर्ष गीतकार पुरस्कार’बाट पुरस्कृति गरिएको थियो । नेपाल र नेपाल बाहिर हुने विभिन्न गीत संगीतका अवार्डमा पनि उनका गीतले अवार्ड पाउने गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.