तामाङ कलाकार संघ मलेसियाद्वारा मृगौला पीडितलाई आर्थिक सहयोग



सेलिब्रेटी नेपाल। मृगौला र कलेजोमा समेत गम्भीर समस्या भएका पहल मान लामाको उपचारका लागि नेपाल तामाङ कलाकार संघ मलेसियाका अध्यक्ष फुर्वा दोर्जे मोक्तान र महासचिव अमिर लोप्चन तामाङको विशेष पहलमा सङ्कलन भएको आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

बारा जिल्ला कोल्फी नगरपालिका वडा न.४ स्थायी घर भएका ४१ बर्षिय पहल मान लामा बिगत ८ महिना देखि मृगौला र कलेजोमा समेत गम्भीर समस्या कारण पिडित छन हाल उनको पाटन अस्पतालमा उपचार भई रहेको छ।

नेपाल तामाङ कलाकार सघ मलेसियाको पहलमा सङ्कलन गरिएको उक्त रकम पुर्ब महासचिव रमित लामा को उपस्थितिमा पीडित लामा लाई रकम हस्तान्तरण गरिएको हो । आर्थिक अवस्था नाजुक रहेकाले उनको परिवारले उपचारका लागि सहयोग गर्न सबैसँग याचना गरिरहेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.