संगीतकार अर्जुन र गायिका दुर्गा बैवाहिक बन्धनमा



सेलिब्रेटी नेपाल । चर्चित संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेल बैवाहिक बन्धनमा बाँधिएका छन् । कोरोना भाईरसको महामारीका बीच शुक्रवार राजधानीको एक मन्दिरमा यो जोडीको बिवाह भएको हो । यो जोडी लामो समय देखि प्रेममा रहेको थियो।

सरकारले बनाएको नियम पालना गर्दै भएको उनिहरुको बिवाहमा सिमित साथीभाई र आफन्तको उपस्थिती रहेको थियो । बैशाखको लागि तय भएको बिवाह लकडाउनका कारण सरेको थियो । अब मंसिरसम्म लगन नभएको कारण अर्जुन-दुर्गाले आजै बिवाह गरेका हुन् । अर्जुन-दुर्गाले अनुराग संगीत विद्यालयमा एक साथ काम गर्दै आएका थिए । अर्जुनको संगीतमा दुर्गाले थुप्रै गीत गाएकी छन् ।