नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) चौथो संस्करणको घोषणा



सेलिब्रेटी नेपाल । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) को चौथो संस्करण २०२१ फेबु्रअरी २४ देखि २८ (फागुन १२ देखि १६ सम्म) काठमाडौंमा हुने जानकारी गराएको छ । प्रेस बिज्ञप्ति जारि गर्दै आवेदन खुलेको पनि जानकारी गराएको छ । सो फेस्टिभलमा सहभागिता जनाउन चाहने इच्छुक चलचित्रकर्मीहरुले यही २०२० जुलाइ १ देखि नोभेम्बर ३० सम्म सहभागिताका लागि आवेदन दिन सक्नेछन ।

विश्वका कथाहरुको कथ्य उत्सव भन्ने नाराका साथ ‘फिल्म संस्कृति’को विकास गर्ने उद्देश्य सहित सुरु भएको फेस्टिभलमा यो वर्ष महामारीको विषयमा बनेका फिल्मलाई समावेश गर्ने निर्णय गरेका छौं । कोभिड १९ले पारेको प्रभावमा बनेका यस्ता फिल्मले ५ सय अमेरिकी डलर तथा ट्रफी प्राप्त गर्नेछन् । अन्तर्राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत सर्वाेत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशिसहित गौतमबुद्ध अवार्ड, प्रदान गरिनेछ भने International Federation of film societies को जुरीको तर्फबाट I FFS Don Quijote Award पनि प्रदान गरिनेछ । यसैगरि, सर्वोत्कृष्ट बृत्तचित्रलाई १ हजार डलर राशिको माउन्ट एभरेष्ट अर्वाड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ५ सय डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय डलर राशिको बाग्मती अर्वाड प्रदान यथावत रुपमा प्रदान गरिनेछ । त्यसैगरी नेपाली प्रतिष्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई रु. १ लाख , उत्कृष्ट सर्ट फिल्मलाई नगद रु. ५० हजार र सर्ट मध्येबाट उत्कृष्ट फिल्म निर्देशकलाई ट्रफी प्रदान गरिनेछ भने फिचर फिल्म तर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिनेछ । यस पटक फेस्टिभलमा सहभागिताका लागि फिल्मकर्मीहरुले www.filmfreeway.comमार्फत फिल्म पठाउनुपर्नेछ ।

अन्त्ररास्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सर्ट र डकुमेन्ट्री फिल्मले १५अमेरिकी डलर र फिचर फिल्मले २०डलर आबेदनशुल्क Filmfreeway लाई तिर्नु पर्नेछ।यसैगरीमहामारीकोविषयमाबनेकाफिल्मले१०डलरतिरेरसहभागिताजनाउनसक्नेछन्।तर,नेपाली प्रतिस्पर्धा अन्तर्गतआबेदन दिन भने कुनै शुल्क लाग्नेछैन।

.