सार्वजनिक हुन् थाले तीज गीत, कसले कुन गीत ल्याए ?


तस्वीर : दुर्गेश थापाको फेसबुकबाट

काठमाडौं। लकडाउन खुकुलो भएसंगै गायक/गायिकाहरु स्टुडियो पस्न थालेका छन्। तीज नजिकिँदै जाँदा केही गायक/गायिकाले तीज गीत सार्वजनिक गरिसकेका छन् भने कोही तीज गीत रेकर्ड तथा छायाँकनको क्रममा छन्।

अहिले खेम सेञ्चुरी र कमला घिमिरेको ‘लरिलरिलै रुन्छु बरिलै’ बोलको तीज गीत सर्वाधिक चर्चामा छ। प्रिति आलेको आवाजमा ‘फरिया लरिलै बरिलै’बोलको तीज गीतले पनि चर्चा पाएको छ।

यसवर्ष गायक पशुपति शर्माको ‘मुन्छे झिल्के झिल्के’ बोलको तीज गीत गरेका छन्। जुन गीत उनले सरस्वती लामिछानेसंग गाएका छन्। जन्मघर स्याङ्जा रहेका पशुपति पोखरा गएर गीत रेकर्ड गरेका हुन्।

त्यस्तै खुमन अधिकारी र शान्तीश्री परियारको आवाजमा ‘कहिले काँही त भेटम’ बोलको तीज गीत सार्वजनिक गरिएको छ।

सन्तोष केसी, राधिका हमाल, तृप्ति खड्का र रमेश केसीको आवाजमा ‘बुवा आमा’ बोलको कमेडी तीज गीत सार्वजनिक भएको छ।

कस्तुप पन्त, वीमाकुमारी दुरा, देवी घर्ति, पूर्णकला विसी, शान्तीश्री परियार, तेजष रेग्मी लगायतको आवाजमा ‘चेली र माईती’बोलको तीज गीत सार्वजनिक छ। त्यस्तै पुरुषोत्तम पौडेल, शर्मीला गुरुङ, देवी घर्ति मगर र खेम सेञ्चुरीको आवाजमा ‘तीज महामारी काण्ड’बोलको गीत सार्वजनिक छ। मेलिना राईको आवाजमा ‘ब्रत बसेको’बोलको तीज गीत सार्वजनिक छ। त्यस्तै देवी घर्ति र रोशन गैह्रैको आवाजमा ‘माइत जान पाईन’बोलको तीज गीत सार्वजनिक गरिएको छ। अन्य केही तीज गीत युट्युबमा सार्वजनिक छन्।

गतवर्षको तीजमा ‘बिच्च बिच्चमा’ गीतबाट चर्चा कमाएका गायक तथा मोडल दुर्गेश थापाले यसवर्ष ‘एउटा फोटो खिच’ बोलको तीज गीत ल्याउँदैछन्। जसको रेकर्ड तथा छायांकन सकिसकेका छन्। गायिका सम्झना लामिछाने मगर ‘मुग्लिनमा नयाँ पुल’ बोलको तीज गीत सार्वजनिक गर्ने तयारीमा छिन्। अन्य थुप्रै गायक/गायिका तीज गीतको तयारीमा छन्।

घटे तीज गीत
यसवर्ष कोरोना महामारीका कारण कलाकारहरु तीन महिना घरभित्रै थन्किनुपर्यो। असार १ गतेदेखि लकडाउन केही खुकुलो भएपछि बल्ल गायक/गायिकाहरु तीज गीतको तयारीमा लागे। उनीहरुले भीडभाड नगरी तीज गीतको छायाँकन गरे।

तर, कोरोना महामारीका कारण यसवर्ष कलाकारहरु तीज गीतमा विगत वर्षमा जस्तो व्यस्त भएनन्।  जसका कारण यसवर्ष तीज गीतको संख्यामा आधा भन्दा कमी आउने गीत संगीतकमीको आँकलन छ। मोडल तथा निर्देशक शंकर विसीले गतवर्ष ८० वढी तीज गीतमा काम गरेका थिए। यसवर्ष अहिलेसम्म २ वटा तीज गीतमा काम गरेका छन्। केही गीत छायाँकनको तयारीमा छन्। उनी भन्छन् ,–‘कोरोनाका कारण यसवर्ष तीज गीतको संख्या ह्वात्तै घटेको छ। विगत वर्षमा यतिबेला दैनिक छायाँकनमा व्यस्त हुनुपथ्र्यो। यसवर्ष त्यस्तो छैन्।’

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.