किरण केसीको जन्मदिनमा कलाकार र पत्रकारलाई सम्मान



सेलिब्रेटी नेपाल । अभिनेता किरण केसी (ए राता मकै) ले असार १५ गते आफ्नो जन्मदिनको अबसर पारेर आआफ्नो क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको भन्दै बरिष्ट कलाकार लक्ष्मी गिरी र पत्रकार, गीतकार तथा चलचित्र निर्देशक डब्बु क्षत्रीलाई सम्मानित गरेका छन् ।

आफ्ना दिवँगत हजुरबुबा बडाहाकिम भोजराज केसी, दिवँगत हजुरआमा ऋदयकुमारी केसी, दिवँगत बुबा ले.क. दुर्गा बहादुर केसी र दिवँगत आमा इन्द्रकुमारी केसीको सम्झनामा सात वर्ष अघि स्थापित सम्मानबाट गिरी र क्षत्रीलाईलाई सोमबार ललितपुरमा सम्मान गरेका हुन् ।

साँढे चार दशकभन्दा लामो समयदेखि निरन्तर अभिनयमार्फत नेपाली चलचित्र, टेली चलचित्र, नाट्य क्षेत्रमा योगदान पुर्याएको भन्दै १० हजार रुपैयाँ राशी सहितको हास्यब्याँग्य कलाकार योगदानसम्मानबाट बरिष्ट चरित्र अभिनेत्री लक्ष्मी गिरीलाई सम्मानित गरिएको हास्यव्यँग्य अभिनेता किरण केसीले बताए ।

‘यस्तै २७ वर्षदेखि रँगपत्रकारिता मार्फत नेपाली हास्यब्यँग्यसँगै चलचित्र र कला क्षेत्रमा योगदानसँगै गीतलेखन, साहित्य सृजना र चलचित्र निर्देशनबाट साहित्य, कला क्षेत्रमा योगदान पुर्याएले डब्बु क्षत्री (डम्बर बहादुर बुढाथोकी)लाई पत्रकारिता क्षेत्रबाट १० हजार रुपैयाँ राशी सहित यो सम्मान प्रदान गरिएको हो ।’ केसीले भने,‘जन्म दिनमा मैले मेरो दिवँगत पितृको सम्झनामा ७ वर्षदेखि यो सम्मान एकजना हास्यव्यँग्य कलाकार र एकजना कला पत्रकारलाई नियमित प्रदान गर्दै आईरहेको छु र मेरो शेषपछि पनि यो निरन्तर होस भन्ने चाहना राखेको छु ।’ उनले कला क्षेत्रमा बरिष्ट चरित्र अभिनेत्री लक्ष्मी गिरी र पत्रकार गीतकार डब्बु क्षत्रीले राजधानी दैनिकमार्फत पत्रकारितामा पुर्याएको योगदानको पनि कार्यक्रममा चर्चा गरे ।

मुलुकमा कोरोना सँक्रमणको महामारी रहेका कारण बिगत जस्तो भव्य समारोह नगरी आफ्नो कार्यालयमै ११ जनाको उपस्थितिमा यो सम्मान प्रदान गरेको पनि बरिष्ट हास्यब्यँग्य अभिनेता केसीले बताए । कोरोनाकै कारण यसपटक जन्मदिनमा आफुले केक नकाटेको र तडक भडक नगरेको पनि उनले स्पष्ट पारे । मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य अर्थात मह जोडीसँग सहकार्यसँगै अभिनय यात्रा प्रारम्भ गरेका केसी पछिल्लो समय चर्चित कलाकार शिवहरि पौडेलसंगै सहकार्य गरि सफल चलचित्र निर्माताको रुपमा समेत स्थापित छन ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.