नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानका पदाधिकारीको बोर्ड अध्यक्षलाई सुझाव



सेलिब्रेटी नेपाल । नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानका पदाधिकारीको एक टोलिले चलचित्र बिकास बोर्डका नव नियुक्त अध्यक्ष दयाराम दाहललाई भेटेर समग्र नेपाली चलचित्र क्षेत्रको समस्या र त्यसको समाधानका लागि सुझाव पेश गरेको छ। बोर्ड अध्यक्षको कार्य कक्षमा नेपाली चलचित्रलाई कसरी अन्तरास्ट्रिय बजारमा लान सकिन्छ र त्यसका लागि के के निती अपनाउनु पर्छ भन्ने बारेमा पनि छलफल भयको थियो।

नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानले केहि बर्ष अघि देखिनै नेपाली चलचित्रको स्तर उन्नतिका लागि अन्तरास्ट्रिय चलचित्र महोत्सव (निफ) र कार्यशाल गर्दै आइरहेको छ। प्रतिष्ठानका अध्यक्ष केपि पाठकले सुझाव पत्र बोर्ड अध्यक्ष दाहाललाइ हस्तान्तरण गरेका थिए भने महासचिव राजु के.सीले सुझाव पत्र वाचन गरेर सुनाए । उक्त कार्यक्रममा प्रतिष्ठानका कोषाध्यक्ष कमल शर्मा र सदस्य प्रमोद भण्डारी सहितको टोलि बोर्डमा उपस्थित थियो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.