नारायण रायमाझी र कमला पोखरेलको आवाजमा ‘के लेखौं र खबर आमा…’ [भिडियो]


काठमाडौं। वरिष्ठ लोकगायक नारायण रायमाझीले मर्मस्पर्शी गीत सार्वजनिक गरेका छन्। गायक रायमाझी र गायिका कमला पोखरेलको स्वरमा ‘के लेखौं र खबर आमा’बोलको गीत सार्वजनिक गरिएको हो। सोमबार रीमा ईन्टरटेन्मेन्टको युट्युब च्यानमार्फत यो गीत सार्वजनिक गरिएको हो।

गीतको रचना नारायण रायमाझीका स्वर्गीय दाई लक्ष्मण रायमाझीले गरेका हुन्। गीत गोर्खालीको कथा व्यथामा आधारित छ।

नारायण रायमाझीकै संगीत रहेको गीतको भिडियोमा रमा थपलिया, ऋषिराम खड्का, रोशनी कार्की तथा बाल कलाकार प्रिन्शा खड्काको अभिनय छ। मिराज अर्यालको छायाँकन तथा सम्पादन रहेको गीतको भिडियो नारायण रायमाझी स्वयंमले निर्देशन गरेका हुन्।

गीतमा एरेन्ज/मिक्सिङ्ग श्याम श्वेत रसाईली, रेकर्डिङ्ग तेजेन्द्र गुरुङ, सारंगी धर्म गन्धर्व र हेमन्त कान्छा रसाईली, गितार संजिव बराईली, मेकअप विर्मा खड्काको रहेको छ।

हेरौं भिडियो :

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.