खेम सेन्चुरी र कमला घिमिरेको तीज गीत सार्वजनिक (भिडियो)



सेलिब्रेटी नेपाल । हिन्दु नारिहरुको महान चाड तीज नजिकिदै गर्दा तीज गीतहरु सार्वजनिक हुन थालेका छन् । कोरोना भाइरसको महामारि र लक डाउनका कारण यस वर्ष पहिले पहिले जस्तो तीज गीतहरु आउने छैनन् । खेम सेन्चुरी र कमला घिमिरेको स्वरमा तीज गीत ‘लरिलरि लै रुन्छु बरिलै’सार्वजनिक गरिएको छ ।

सार्वजनिक गीतमा नेत्र अर्यालको शब्द रचना र खेम सेन्चुरीको संगीत रहेको छ । बिनोद बाजुरालीको संगीत संयोजन रहेको गीतमा कमला घिमिरे,खेम सेन्चुरी र सरस्वति फुयाँलको अभिनय रहेको छ। प्रकाश भट्टले निर्देशन गरेको भिडियोलाइ सुरेश श्रेष्ठले छायांकन गरेका हुन् भने बिष्णु शर्माले सम्पादन गरेका छन् ।भिडियो शुभारम्भ डिजिटलको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

Copyright © 2012 - 2026 | All Right Reserved.