‘भिजीट कोहलपुर पर्यटन’ प्रवर्धनमा अभिनेत्री सुपुस्पा



सेलिब्रेटी नेपाल । पश्चिम नेपालको पर्यटकीय नगरी कोहलपुर नगरपालिका भित्र पर्ने मुख्य–मुख्य पर्यटकीय क्षेत्र तथा आकर्षक दृश्यहरुको बारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्न भनि पर्यटन प्रवर्धन सम्बन्धि सामाग्री सार्वजनिक गरिएको छ । उक्त सामग्रीमा अभिनेत्री सुपुस्पा भट्ट फिचर्ड छन्।

कोहलपुर नगरपालिका क्षेत्र भित्रका होमस्टे, पार्क, भ्यूटावर, चौराहा, बाँके राष्ट्रिय निकुञ्ज र यस भित्रका जंगल सफारी, हात्ती सफारी, वर्ड वाचिङ्ग जस्ता विविध प्राकृतिक, साँस्कृतिक, ऐतिहासिक महत्वलाई अझै कलात्मक र सुन्दर तरिकाले प्रस्तुत सामाग्रीलाई कोहलपुर नगरपालिकाले आर्थिक लगानी गरेको हो भने मिसन इन्टरटेनमेन्ट प्रा.लि. ले निर्माण गरेको हो । यस्ता पर्यटन प्रवर्धन सम्बन्धि समाग्रीका कारण छोटो समयमा सबै पक्ष बुझ्न सहज हुने भएको हूँदा यसको महत्व अन्तर्राष्ट्रिय स्तरमा बढिरहेको थियो भने नेपालमा पनि बिस्तारै बढ्ने आशा लिइएको छ ।