प्रधानमन्त्रीको गीत ‘स्वदेश मै रोजगारी’ भिडियो छायांकन (फोटो फिचर)



सेलिब्रेटी नेपाल । युवा नेता रमेश पौडेलको संयोजनमा किरण कृयशन द्वारा निर्माण गरिएको ‘समृद्ध नेपाल सुखी नेपाली’ एल्बममा समाबेश प्रधानमन्त्री के पि शर्मा ओलि द्वारा रचना गरिएको गीत ‘स्वदेश मै रोजगारी’ को भिडियो छायाँकन सम्पन्न भएको छ । शान्तिराम राईको संगीतमा शान्तिराम राई र मेलिना राईको आवाज रहेको छ ।

नेपाल चलचित्र कलाकार संघको सहयोगमा निर्माण भएको भिडियोलाई वरिष्ठ निर्देशक मोहन निरौलाले निर्देशन गरेका छन्। उक्त भिडियोमा पवित्रा आचार्यको कोरियोग्राफी रहेको छ। प्रधुम्न मिश्रले दृश्यलाई क्यामेरामा कैद गरेका हुन् ।

गीतकार के पि शर्मा ओलिले गीतमा ब्यक्त गरेको भाव अनुसार गीतको भिडियो निर्माण गरिएको बताउदै वरिष्ठ निर्देशक निरौलाले समृद्ध नेपाल निर्माणको लागि प्रधानमन्त्रीको योजना अनुसार सम्पुर्ण नेपालीलाई आफ्नै देश समृद्ध बनाउन एकजुट भई राष्ट्र निर्माणको अभियानमा सामेल हुन आह्वान गरिएको बताए ।

मोहन निरौला,रबिन्द्र खड्का, पवित्रा आचार्य,चेत ब.सिंह राजा, रामेश्वर बुर्लाकोटी, आशा भुसाल, प्रकृति के. सि., रमेश पौडेल,उद्धब भट्टराई, गोपाल ढकाल,जीवन थापा,सुनिल कटुवाल लगायतको अभिनय र बिनिद बमको सम्पादन रहने भिडियो यसै साता सार्वजनिक गरिनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.