संगीतकार वाजिद खानको निधन !



सेलिब्रेटी नेपाल । बलिउडका लोकप्रिय संगीतकार जोडी साजिद–वाजिदका चर्चित संगीतकार वाजिद खानको आज राति निधन भएको छ । ४२ बर्षिय वाजिद लामो समयदेखि किड्नीको बिरामी थिए । उनको मुम्बइको एक अस्पतालमा उपचार भैरहेको थियो । तर, स्वास्थ्य अवस्था झनै खराब भएपछि उनको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

उनलाई एक साता अगाडि कोरोना पोजिटिभ पुष्टी भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । साजिद–वाजिद बलिउड नायक सलमान खानको मनपर्ने संगीतकार हुन् । इदको अवसरमा सलमानले सार्वजनिक गरेको ‘भाई भाई’ बोलको गीतमा साजिद–वाजिदको संगीत थियो ।

सन् १९९८ मा सलमान अभिनित चलचित्र ‘प्यार किया तो डरना क्या’बाट वाजिदले बलिउडमा संगीतको काम सुरु गरेका थिए । यसका साथै उनले ‘दबंग ३’को सबै गीतमा संगीत भरेका थिए । उनले ‘मेरा ही जलवा, सोनी दे नखरे, माआअल्लाह, डू यु वन्ना पार्टनर’ लगायतका हिट गीतमा संगीत भरेका छन् । उनले सन् २०११ म ‘फिल्मफेयर अवार्ड’मा उत्कृष्ट संगीतकारको अवार्ड पनि प्राप्त गरेका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.