राष्ट्रिय चलचित्र पत्रकारीता दिवसमा दाङमा रक्तदान


सेलिब्रेटी नेपाल

दाङ: राष्ट्रिय चलचित्र पत्रकारीता दिवस २०७७ तथा चलचित्र पत्रकार संघकोे २१ औँ वार्षिकोत्सबको अबसरमा चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले आज रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (Covid 19) का कारण विश्वका प्राय सबै देशहरु प्रभावित भएका छन्। नेपाल पनि केही दिन यता तीव्र गतिमा कोरोनाका संक्रमितहरु देखिन थालेका छन् र नेपाल अहिले लकडाउनमा छ। लकडाउन भएसंगै दाङमा रगतको अभाव हुँदै गएको छ। त्यसैलाई मध्येनजर गर्दै चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

लकडाउनकै कारण संघले हरेक वर्षको वार्षिकोत्सब तथा पत्रकारिता दिवसमा वितरण गर्दै आएको पुरस्कार र सम्मानको औपचारिक कार्यक्रमलाई स्थगित राख्दै यो वर्ष दाङ शाखाले सामाजिक दुरी कायम राख्दै रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष शिब पुनले जानकारी दिनुभयो ।

कार्यक्रममा त्रीशिद्धेश्वरी राप्ती यातायात प्रा.लि. का अध्यक्ष एवं समाजसेबी सुरेस हमाल, चलचित्र पत्रकार संघ दाङका पदाधिकारी,सदस्य,विभिन्न मिडियामा आवद्ध पत्रकार, व्यवसायी र जिल्लामा क्रियाशिल सामाजिक संस्था दाह्री ग्याङका सदस्य सहित १८ जनाले रक्तदान गरेका छन्।

संघले आयोजना गरेको रक्तदान कार्यक्रममा संघका सल्लाहकार शरद रेग्मी,त्रीशिद्धेश्वरी राप्ती यातायात प्रा.लि. का अध्यक्ष सुरेश हमाल,रासस राप्ती प्रमुख नारायणी रजौरे,तुलसीपुर उपमहानगरपालिका वडा नं ५ का वडा सदस्य सुरेश श्रेष्ठ,चलचित्र पत्रकार संघ दाङका संस्थापक उपाध्यक्ष चेतन रेग्मी लगाएतको पनि सहभागीता रहेको थियोे।

आजको रक्तदान कार्यक्रममा सहभागी व्यक्तिहरुको नाम यसप्रकार छ ।
1 भुपेश वली
2 राजेश खत्री
3 शुरेस हमाल
4 चेतन रग्मी
5 अन्जना चौधरी
6 राजेन्द्र महतरा
7 निर्मल खड्का
8 एच आर मगर
9 झग्गु भण्डारी
10 शान्ति जि एम
11 प्रबेश भुसाल
12 विनायक रेग्मी
13 प्रकाश डागी
14 बिकाश कुसारी मगर
15 प्रबिन रिजान
16 सुमन रिजाल
17 बिबेक वली
18 ढुण्डी राज वली

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.