सलमानको स्वर र अभिनय रहेको गीत ‘तेरेबिना’ सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

बलिउडका सुपरस्टार अभिनेता सलमान खानको स्वर हरेको गीत ‘तेरेबिना’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। मंगलबार अभिनेता खानले सामाजिक सञ्जाल ट्विटर र इन्स्टाग्राममार्फत गीतको भिडियो सार्वजनिक गरेका हुन्। उनले दुवै सामाजिक सञ्जालमा गीतको भिडियोबको युट्युब लिंक समेत सेयर गरेका छन्।

गीतको भिडियोमा सलमान खान र जैकलिन फर्नांडिजको को अभिनय रहेको छ। यो जोडीको रोमान्टिक अवतारलाई दर्शकले मन पराएका छन्। ‘रेस–३’पछि सलमान र जैकलिन पहिलोपटक यो गीतमा देखिएका हुन्। गीतको म्युजिक भिडियोको निर्देशन पनि सलमान आफैँले गरेका छन्। गीतमा अजय भाटियाको संगीत र शबिर अहमदको रचना रहेको छ।

यो गीतको सुटिङ लकडाउनकै बीचमा सलमानकै पानवेल फर्महाउसमा गरिएको हो। गीतको सुटिङ चार दिन लगाएर तीन जनाले गरेको सलमानले बताएका छन्। गीतमा पानवेल फार्महाउका सुन्दर दृश्यहरु देखाइएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.