तेश्रोलिङ्गी सौन्र्दय प्रतियोगिताको यसबर्षको ताज पूर्णिमा लाई


सेलेब्रिटी नेपाल असोज २९ पहिलो दक्षिण एसियाली यौनिक तथा लैङ्गिक अल्पसंख्यक खेलकूद महोत्सव अन्तर्गत आईतवार भएको तेश्रोलिङ्गी सौन्दर्य प्रतियोगितामा प्रतिस्पर्धी अन्य १४ जनालाई पछि पार्दै पूर्णिमागुरुङ ले ताज पहिरिएकी हुन् । उनले मिस पिंकको ताज सँगै १५ हजार रुपैयाँ नगद सहित सन् २०१३ मा थाइल्याण्डमा हुने विश्व तेश्रोलिङ्गी सौन्दर्य प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गर्न पाउने छिन् । पूर्णिमालाई नील हीरा समाजका कार्यकारी निर्देशक सुनिलवावु पन्तले मिस पिंकको ताज पहिर्याउनुभयो ।
तपाइँ यदि यो देशको प्रधानमन्त्री बन्नुभयो भने यो देशलाई समृद्ध बनाउन तीन वटा कुन कुन विषयलाई प्राथमिकता दिनुहुन्छ ? भन्ने प्रश्नमा मिस पिंकको ताज पहिरिने पूर्णिमा श्रेष्ठले पहिलो राजनीतिक अस्थिरता रोक्ने, दोश्रो कृषि, जलश्रोत, शिक्षा र पर्यटन क्षेत्रको विकास गर्ने र तेश्रो पछाडि परेको सिमान्तकृत लैङ्गिक समूदायलाई आरक्षणको व्यवस्था गर्ने प्रतिवद्धता जनाएकी थिईन् ।
फष्ट रनर अप प्राचिन गुरुङले भ्रष्टाचार मुक्त राष्ट्र बनाउने, लैङ्गिक भेदभाव मुक्त र पर्यटकिय राष्ट्र बनाउने र सेकेण्ड रनर अप सलिना शेर्पाले पहिचान सहितको नागरिकताका लागि पहल, समान अधिकारका कुरा र पछाडि परेका सबै नेपाली जनताको लागि राम्रो कार्य गर्ने प्रतिवद्धता जनाएकी थिईन् ।
यस्तै मिस पिंकको फष्ट रनरअप प्राचिन गुरुङले १० हजार रुपैयाँ र सेकेण्डरनरअप सलिना शेर्पाले ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । यस्तै मेक अप आर्टिसको टाइटल अवार्ड सोफी र सुमन लामाले पाएका छन् भने कोरियोग्राफर तर्फको टाइटल अवार्ड राजेश लामाले प्राप्त गरे ।

पर्सानिलिटी टाइटल अवार्ड जुली चेपाङले पाएकी छिन । क्याटवाक तर्फ, क्रिष्टिना थापा मगर, मिस पिङ्क रेड रिवन सिमरन शेरचन मिस कन्जेटियन्स्टी सुनिता लामा र मिस व्यूटिफुलको अवार्ड पुनम थापा मगरले हात पारे । कार्यक्रममा फेसन शो तथा साँस्कृतिक कार्यक्रम समेत गरिएको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.