निर्मला पन्तको कथा ‘कोपिला’ डिसहोम मार्फत प्रर्दशन हुँदै


सेलिब्रेटी नेपाल

काठमाडौँ:कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयमा निर्माण गरिएको चलचित्र ‘कोपिला’ डिसहोम च्यानल मार्फत प्रर्दशनमा आउने भएको छ । दर्शकहरुले चलचित्रलाई डिसहोम च्यानल नम्बर १०८ मार्फत हेर्न पाउने भएका हुन् । बैशाख ३० गतेबाट दैनिक ८ शो प्रदर्शन हुन लागेको यो चलचित्रलाई दर्शकरुले घरमै बसेर आफ्नो समय अनुसार सिनेमा घरमा भन्दा पहिला आफ्नो टेलिभिजनमा हेर्न पाउने भएका हुन् ।

चलचित्रका निर्देशक शिबम अधिकारीले कोरोना भाईरसको कारण सिनेमाहल संचालनमा आउन ढिलाई हुन] भएका कारण लकडाउनमा बसेका दर्शकहरुको मागलाई सम्बोधन गर्दै डिसहोम च्यानल मार्फत प्रर्दशन गराउन लागेको बताए । चलचित्रले यसअघि ट्रेलर सार्वजनिक गरे संगै हेटौडामा बिशेष शो मार्फत आएको रकमबाट स्व निर्मला पन्तको परिबारलाई ५० हजार सहयोग समेत गरीसकेको चलचित्रका निर्माता मणिराज गौतमले बताए । साथै चलचित्र प्रर्दशनबाट आएको रकमबाट दश प्रतिशत स्व निर्मला पन्तको परिबारलाई प्रदान गरीने निर्माता गौतमले बताए ।

चलचित्रमा निर्मलाको पात्रमा कोपिलालाई उतारिएको छ । बलात्कारपछि पनि लामो समयसम्म राजनीतिक दबाबका बीच अपराधि पक्राउ पर्न नसक्नु तथा अनुसन्धानलाई नै फितलो बनाइएको विषयलाई चलचित्रले बोल्ने निदेशक अधिकारीले बताउनु भयो । गणेश गिरिको प्रस्तुति रहेको कोपिलालाई संचारकर्मी मणिराज गौतमले निर्माण गरेका हुन् भने चलचित्रको कार्यकारी निर्मातामा सुबास काफ्ले तथा निर्मातामा समिर मिया र रामेश्वर कार्की समेत रहेकाछन् ।

कार्यकारी सहनिर्माताको रूपमा रहेका छन्। चलचित्रमा रामेश्वर कार्कीको छांयाकन, समिर मियाको सम्पादन र दीपक शर्माको संगीत रहेको छ । अधिकारीको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रमा सरिता गिरी, गणेश गिरी र सन्जिवनी खरेलसंगै प्रकृती खरेल, ऋद्धिचरण श्रेष्ठ, विमल पौडेल, पुष्प आचार्य, सुशान्त श्रेष्ठ, अस्मिन घिमिरे, अस्मिता जुरेली, प्रतिक्षा खड्का, राखी क्षेत्री लगायतको अभिनय रहेको निर्माण टिमले बताएको छ ।