चर्चित अभिनेता ऋषि कपुरको निधन


सेलिब्रेटी नेपाल

एजेन्सी:बलिउडका चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । क्यान्सरबाट पीडित ऋषि कपुर फिल्म अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो ।

भाइ रणधीर कपुरका अनुसार ऋषिलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या थियो । अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए । फेब्रुअरी महिनामा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटकसम्म अस्पताल भर्ना गर्नु परेको थियो । कपुरले आफ्नो जीवनकालमा ९२ वटा फिल्ममा मुख्य भुमीका निर्वाह गरेका थिए । उनि अभिनित मेरा नाम जोकर,सरगम,बोल राधा बोल, ‘इना मीना डीका, साजन का घर,बोबी,प्रेम रोग,चादनी,लक् बाइ चान्स,कपुर एण्ड सन्स लगाएत थुप्रै फिल्मले बक्स अफिसमा सफल ब्यापार गरेका थिए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.