विश्वले चिन्नेछ नेपाल टक शो जारी


‘विश्वले चिन्नेछ नेपाल’ भन्ने नारा सहित विश्व रेकर्ड राख्न सञ्चालित टेलिभिजन टक शो काठमाडौंमा जारी छ । सञ्चारकर्मी रवि लामिछानेले न्यूज 24 टेलिभिजनमा सञ्चालन गरिरहेको टक शो कार्यक्रम आज सम्पन्न हुने छ । बिहीबार बिहान साढे १० बजेदेखि जारी लङ्गेस्ट म्याराथन टेलिभिजन टक शो एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अन्तर्वार्ताबाट सुरु भएको हो । हालसम्मको सबैभन्दा लामो टेलिभिजन कार्यक्रम ५२ घण्टाको छ ।

वुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सन्देश विश्वभर फैलाउन उहाँले विश्वको सबैभन्दा लामो टेलिभिजन कार्यक्रम थाल्नुभएको हो । कार्यक्रम निरिक्षणका लागि गिनिज बुक अफ वल्र्ड रेकर्डसका प्रतिनिधि काठमाडौं आएका छन् ।एक घण्टामा प्रस्तोता लामिछानेले पाँच मिनेट छुट्टी पाउँछन् । कार्यक्रममा खेलाडी, कलाकार राजनीतिज्ञ, व्यापारी लगायतलाई अतिथिका रुपमा निम्त्याइएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.