तीन खानसँग रोमान्स गरिसकेकी कट्रिनाले अब सैफसँग रोमान्स गर्ने



बलिउड अभिनेत्री कट्रिना कैफले पर्दामा बलिउडका चर्चित अभिनेतासँग रोमान्स गरिसकेकी छिन् । चर्चित तीन खान सलमान खान, शाहरुख खान र आमिर खानसँग रोमान्स गरिसकेकी कट्रिनाले अब सैफसँग रोमान्स गर्ने भएकी छिन् ।भारतीय सञ्चारमाध्यमले जनाए अनुसार कबीर खानको तेस्रो तथा कट्रिनाको आगमी फिल्ममा उनको जोडी सैफसँग बन्नेछ । सबैभन्दा पहिले कट्रिनाले कबीरको न्युयोर्क फिल्ममा काम गरेकी थिइन् भने २०१२ मा सुपरहिट बनेको कबीरको फिल्म एक था टाइगरमा पनि कट्रिना नै थिइन् ।कबीरको अब बन्ने रोमान्टिक थ्रीलर फिल्ममा कैट्रिना र सैफ मुख्य भुमिकामा हुनेछन् जसको सबै एक्शन सीनको छायांकन भारत बाहिर हुने बताइएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.