(सेलिब्रेटी नेपाल) ३० चैत्र -चलचित्र बन्छन्, सार्वजनिक हुन्छन् र फ्लप हुन्छन्। वर्ष ०६९ भरि चलचित्रहरू आइरहे। चलचित्रको चमक-दमकले तानिएका नव निर्माताहरूले लाखौं रुपैयाँ डुबाए। पुराना स्थापितमा केही सदाका लागि पलायन भएभने केहीलाई कलिउडको नसाले तानिरह्यो। चलचित्र बनिरह्यो र हरेक साता चारवटासम्म नेपाली चलचित्र सार्वजनिक भैरहे। वर्ष ०६९मा बजार अनुरुप तोकिएको नेपाली चलचित्रको अनुमानित लगानीभन्दा बढी खर्च गरेर नाफा कमाउन नसकेका केही चलचित्रमा ‘मायाज बार’, ‘फेसबुक’, ‘भिसा गर्ल’, ‘धूवाँ यो नशा’, ‘आइएम इन लभ’, ‘भेटी’, ‘थ्री लभर्स’, ‘कलिउड’, ‘रंग’, ‘छड्के’, ‘नाइन ओ क्लक’ ‘भिजिलान्ते’ आदि छन्। चलचित्र फ्लप हुँदा पनि ‘मेरो गोरुको बाह्रै टक्का’को रट लगाएर आफू डुबेको बताउन हिचकिचाउने निर्माताहरू पनि पाइए। चलचित्र विकास बोर्डले बक्स अफिसको अवधारणालाई यो वर्ष पनि कार्यान्वयन गर्न नसक्दा चलचित्रको लगानी एवं व्यवसाय पारदर्शी हुन सकेन। तैपनि प्रदर्शनपूर्वको चर्चा र लगानीका दृष्टिकोणबाट कलेक्सन गर्लान् भनेर आषा गरिएका यी चलचित्रले सिधै निराश पारे – ‘हाइ वे’, ‘फेसबुक’, ‘बडीगार्ड’, ‘भिसा गर्ल’, ‘के म तिम्रो साथी बन्न सक्छु’, ‘सो सिम्पल’, ‘धुवाँ यो नशा’, ‘थ्री लभर्स’, ‘धन्दा’, ‘सुनगाभा’, ‘कलिउड’, ‘पद्मिनी’, ‘रंग’, ‘समय’, ‘नाइन ओ क्लक’, ‘भिजिलान्ते’ आदि।
सम्बधित पोस्टहरु
५१ औं दिनमा ‘परान’ टिम पुग्यो आश्रम,अनाथ तथा बृद्धबृद्धालाई न्यानो कपडा
काठमाडौँ । बाइस्कोप सिनेमाको ब्यानरमा निर्माण भएको चलचित्र ‘परान’ ले देशभरका ३० बढी हलमा आफ्नो प्रदर्शनको ५१ औं दिन पुरा गरेको छ । यो अवसरमा परान टिमले बुढानिलकण्ठस्थित पवित्र समाजसेवा नेपाल आश्रममा पुगेर न्यानो कपडा...
माघबाट फ्लोरमा ‘मितज्यू’ ,वर्कसप थालनी
काठमाडौं। फिल्म ‘घरज्वाइँ’ जस्तो सफल फिल्म निर्देशन गरेका अनिल बुढा मगरले दोस्रो फिल्म ‘मितज्यू’ वर्कसप थालेका छन्। उनले शनिबारबाट फिल्मको वर्कसप सुरु गरेका हुन्। वर्कसपमा ,तेरिया फौजा मगर,पुस्कर गुरुङ,राज थापा,सुवर्ण थापा,अनु...
सेन्सरबोर्डले बनायो नयाँ कार्यबिधि, हट्यो पुराना ८ बुँदा
काठमाडौं । चलचित्रको सेन्सरलाई सहज बनाउन केन्द्रीय चलचित्र जाँचपास समितिले सेन्सरसम्बन्धी नयाँ कार्यविधि ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८२’ ल्याएको छ । नयाँ कार्यविधि ल्याएसँगै अब सेन्सर प्रक्रियामा रहेका विभिन्न त्रुटिको...
अर्जुन घिमिरे (पाँडे) को चलचित्र ‘झरीपछिको इन्द्रेणी’ प्रदर्शनमा
काठमाडौं । चलचित्र ‘झरीपछिको इन्द्रेणी’ आज शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ । अर्जुन घिमिरे (पाँडे) ले निर्देशन गरेको चलचित्रलाई दर्शकले चासोको रुपमा लिएका छन् । कमेडीबाट आएका कलाकार अर्जुन घिमिरेको निर्देशन र लेखन रहेको...
चलचित्र ‘कुमारी’को दोस्रो गीत ‘तिमी बिना’ सार्वजनिक
काठमाडौं। माघ २३ गते रिलिज हुने प्रेम कथानक नेपाली चलचित्र ‘कुमारी’को दोस्रो गीत ‘तिमी बिना …’ सार्वजनिक गरिएको छ। केन्द्र मोसन पिक्चर्सबाट डिजिटल प्रिमियर गरिएको यो गीतमा केहर सिं लिम्बुको स्वर रहेको छ। यसमा...
माओत्से को ‘पेन्सन पट्टा’ छायांकन सुरु
काठमाडौँ। कलाकार तथा निर्देशक माओत्से गुरुङको निर्देशनमा निर्माण हुने सिनेमा ‘पेन्सन पट्टा’ को शुभमुहूर्तसहित छायांकन सुरु गरिएको छ । कास्की जिल्लाको ताङतिङ गाउँबाट छायांकन सुरु गरिएको सिनेमा ३५ दिनसम्म त्यहाँका सुन्दर लोकेशनमा...



