(सेलिब्रेटी नेपाल) ३० चैत्र -चलचित्र बन्छन्, सार्वजनिक हुन्छन् र फ्लप हुन्छन्। वर्ष ०६९ भरि चलचित्रहरू आइरहे। चलचित्रको चमक-दमकले तानिएका नव निर्माताहरूले लाखौं रुपैयाँ डुबाए। पुराना स्थापितमा केही सदाका लागि पलायन भएभने केहीलाई कलिउडको नसाले तानिरह्यो। चलचित्र बनिरह्यो र हरेक साता चारवटासम्म नेपाली चलचित्र सार्वजनिक भैरहे। वर्ष ०६९मा बजार अनुरुप तोकिएको नेपाली चलचित्रको अनुमानित लगानीभन्दा बढी खर्च गरेर नाफा कमाउन नसकेका केही चलचित्रमा ‘मायाज बार’, ‘फेसबुक’, ‘भिसा गर्ल’, ‘धूवाँ यो नशा’, ‘आइएम इन लभ’, ‘भेटी’, ‘थ्री लभर्स’, ‘कलिउड’, ‘रंग’, ‘छड्के’, ‘नाइन ओ क्लक’ ‘भिजिलान्ते’ आदि छन्। चलचित्र फ्लप हुँदा पनि ‘मेरो गोरुको बाह्रै टक्का’को रट लगाएर आफू डुबेको बताउन हिचकिचाउने निर्माताहरू पनि पाइए। चलचित्र विकास बोर्डले बक्स अफिसको अवधारणालाई यो वर्ष पनि कार्यान्वयन गर्न नसक्दा चलचित्रको लगानी एवं व्यवसाय पारदर्शी हुन सकेन। तैपनि प्रदर्शनपूर्वको चर्चा र लगानीका दृष्टिकोणबाट कलेक्सन गर्लान् भनेर आषा गरिएका यी चलचित्रले सिधै निराश पारे – ‘हाइ वे’, ‘फेसबुक’, ‘बडीगार्ड’, ‘भिसा गर्ल’, ‘के म तिम्रो साथी बन्न सक्छु’, ‘सो सिम्पल’, ‘धुवाँ यो नशा’, ‘थ्री लभर्स’, ‘धन्दा’, ‘सुनगाभा’, ‘कलिउड’, ‘पद्मिनी’, ‘रंग’, ‘समय’, ‘नाइन ओ क्लक’, ‘भिजिलान्ते’ आदि।
सम्बधित पोस्टहरु
विराज र समीरको ‘१२ गाउँ २’को ट्रेलरमा एक्सन र बदलाको कथा
सेलिब्रेटी नेपाल । नेपाली चलचित्र क्षेत्रमा एक्सनप्रधान चलचित्रमार्फत आफ्नो छुट्टै पहिचान बनाएका अभिनेता विराज भट्टको निर्देशनमा निर्माण भएको चलचित्र ‘१२ गाउँ २’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक गरिएको ट्रेलरमा...
‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, काजीको वैवाहिक जीवन, मैया र काजीको सम्बन्ध
काजीको पारिवारिक ट्विस्ट, शान्ति मिसको खोजी र बिपिन कार्कीको धमाकेदार इन्ट्री
सिनेमा ‘सारथी’ को प्रोमो सार्वजनिक,निरुता सिंहको फरक लुक्स
सेलिब्रेटी नेपाल। अभिनेत्री निरुता सिंहलाई फरक र गम्भीर अवतारमा प्रस्तुत गर्दै सिनेमा ‘सारथी’ को प्रोमो सार्वजनिक गरिएको छ । किम्भे प्रोडक्सनको आधिकारिक युट्युब च्यानलमार्फत सोमबार सिनेमाको प्रोमो सार्वजनिक गरिएको हो । बच्चाको...
सुनिल थापाको अन्तिम चलचित्र ‘हिमालयन गोल्ड’को ट्रेलर सार्वजनिक
सेलिब्रेटी नेपाल। नेपाली चलचित्र ‘हिमालयन गोल्ड’को ट्रेलर सार्वजनिक गरिएको छ। नेपालको इतिहास, संस्कृति र यहाँका मौलिक विशेषतालाई विश्वमाझ चिनाउने उद्देश्य बोकेको यस ‘सर्भाइभल’ कथामा आधारित चलचित्र आगामी...
चलचित्र ‘बाकस’ को शुभमुहुर्त
सेलिब्रेटी नेपाल। चलचित्र ‘बाकस’ को शुभमुहुर्त सम्पन्न भएको छ । ललितपुर स्थित बंगलामुखी मन्दिरमा पूजा गर्दै चलचित्रको मुहुर्त गरिएको हो । मुहुर्तमा विपना थापा, बर्षा राउत,महेश त्रीपाठी, भोलाराज सापकोटा, सुपला सपकोटा...
२६ विधामा अवार्ड प्रदान गर्दै ‘पाँचौँ क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०२६’ सम्पन्न
काठमाडौँ। ‘पाँचौँ क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०२६’ विभिन्न २६ विधामा अवार्ड प्रदान गर्दै आइतबार बेलुका सम्पन्न भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति बज्रेश खनालले उद्घाटन गरेसँगै नाचघर जमलमा यो अवार्ड सुरु...






