चलचित्र पत्रकार संघ नेपालले गर्यो पत्रकारलाई राहतको घोषणा



काठमाडौं:चलचित्र पत्रकार संघ, नेपालले शनिबार एक प्रेस विज्ञप्ती जारी गर्दै कोरोना भाइरसको संक्रमणको त्रासले निम्त्याएको परिस्थितिलाई मध्य नजर गर्दै चलचित्र पत्रकारहरुका लागि राहत दिने घोषणा गरेको छ । संघका महासचिव समीर बलामिद्वारा हस्ताक्षरित विज्ञप्तीमा उक्त कुरा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ: ‘ कोरोना भाइरस जोखिमको संघारमा चलचित्र पत्रकार संघ नेपालको आठौं महाधिवेशन सम्पन्न भयो । त्यहाँबाट नयाँ कार्यसमिति निर्वाचित भएर आयौं । पहिलो बैठक बसे लगतै हामी कोरना भाइरस जोखिमका कारण सरकारले गरेको पुरा देश लकडाउनको अवस्थामा घरमै बसिरहनु परेको सर्वविदितै छ । यसैका कारण हामीले औपचारिक रुपमा संस्थाको कुनै पनि काम गर्न सक्ने अवस्था छैन ।

आशा छ, तपाईहरु सबैजना सुरक्षित तरिकाले बसिरहनु भएको छ । तर, यसरी निरन्तर लकडाउन भईरहँदा श्रमजीवी चलचित्र पत्रकारहरु पनि समस्यामा परेको महसुस संघले गरेको छ । “हामी हाम्रो लागि” भन्ने अभियानका साथ केन्द्रिय समितिको आकस्मिक अनलाईन डिजिटल बैठक बसेर हाम्रो सदस्य तथा चलचित्र पत्रकारहरुका लागि दैनिक जीवनमा देखिएका समस्याहरुमा सहयोग पुग्ने गरि राहत प्याकेज वितरण गर्ने घोषणा संघले गरेको छ । कार्यसमितिका पदाधिकारीहरुको सहयोगमा हामीले कोरना भाइरस जोखिमका कारण समस्यामा रहेका श्रमजीवी चलचित्र पत्रकारका लागि राहत वितरण गर्न लागिएको सबै सदस्यहरुमा संघ जानकारी गराउँदछ । समस्यामा रहनुभएका सदस्यहरुले संस्थाका पदाधिकारीहरुलाई सम्पर्क गर्नु हुन संघ हार्दिक अनुरोध गर्दछ ।
लकडाउनको अवधि भर घरमै बसौं, सुरक्षित रहौं, आफु बचौं, अरुलाई पनि बचाऔं ।’

समीर बलामी
महासचिव
चलचित्र पत्रकार संघ नेपाल

संघले जारी गरेको विज्ञप्ति :

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.