शोकमा डुब्यो सलमान खानको परिवार


सेलिब्रेटी नेपाल

एजेन्सी:बलिउडका सुपरस्टार सलमान खानको सिङ्गो परिवार शोकमा डुबेको छ । अभिनेता खानका फुपुका छोरा (भानिज भाइ) को निधन भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भाइको निधन भएसँगै अभिनेता खानले सामाजिक सञ्जालमा एक तस्बिर सार्वजनिक गर्दै एक भावुक स्टाटस लेखेका छन् ।

सलमानले लेखेका छन्, “तिमीलाई सँधै माया गरिरहन्छु” उनका अनुसार अब्दुल्ला सलमानको बिग स्ट्रोङ मुभमेनन्टका पनि हिस्सा थिए । अब्दुल्ला सलमान खानका बुबा सलीम खानका बहिनीका छोरा हुन् । रिर्पोटका अनुसार अब्दुल्ला पछिल्लो केही समयदेखि अस्वस्थ रहेको र मुम्बईको कोकिलाबेन अस्पतालमा उपचार भइरहेको थियो।

सलमानका अलावा एक्ट्रेस डेजी शाह र जरीन खानले पनि नेभी अब्दुल्लाको निधन प्रति शोक व्यक्त गरेका छन् । उनीहरुले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफुँहरुले सँधै सम्झिरहने बताएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.