नाट्य उत्सवमा दयाहाङको निर्देशनमा तयार भएको नाटक ‘जालिनी’


सेलिब्रेटी नेपाल

काठमाडौं: थिएटर मलको आयोजनामा शुरु गरिएको नाट्य उत्सव क्वारेन्टाइन अभियान नाट्य उत्सव २०७६ मा आज आइतवार ‘जालिनी’ मञ्चन गरिएको छ । यो नाटक थिएटर मलको फेसबूक पेजमार्फत प्रस्तुत हो । सरकारले गरेको लकडाउनका बेला दर्शकले घरमै नाटक हेर्न पाऊन् भनेर यो उत्सव शुरु गरिएको हो ।

उत्सवमा शुक्रवार ‘मान भर्सेस मती’ देखाइएको थियो भने शनिवार नम्रता केसीले निर्देशन गरेको नाटक ‘राजेन्द्रलक्ष्मी’ देखाइएको थियो । नाटक ‘जालिनी’लाई दयाहाङ राईले निर्देशन गरेका हुन् । ध्रुवसत्य परियारको कथामा आधारित यो नाटकलाई लेखक परियारले नै नाटकमा ढालेका हुन् ।