काठमाडौंका सबै नाटकघर बन्द भए


सेलिब्रेटी नेपाल

काठमाडौं: नोवेल कोरोना भाइरस (कोभिड-१९)का कारण नाटकघरहरु पनि बन्द भएका छन । शिल्पी, मण्डला, शैली, सर्वनामलगायत आधा दर्जन थिएटर आइतबारदेखि बन्द भएका हुन् । कोरोनाको संक्रमणबाट बच्न सुरक्षित हुनुपर्ने बेला आएकोले स्थिति सामान्य नभएसम्म थिएटरहरु बन्द गरिएको शिल्पी थिएटरका मोहन प्रकाश गौतमलेे बताए ।

‘नाटक घरहरुमा नाटक मञ्चन, तालिम दिने काम रोकिएकोे छ,’ उनले भने, ‘यो समयमा सचेत रही स्वस्थ्य रहनु आवश्यक भएकाले नियमित कामहरु स्थिति सामान्य नभएसम्मको लागि बन्द गरिएको हो ।’ उनका अनुसार तत्कालका लागि नाटकको तयारी पनि स्थगित गरिएको छ । यस्तै मण्डला थिएटरले कोरोना भाइरसविरुद्ध लडन् सरकारको निर्देशनलाई सहयोग गर्दै बन्द गरिएको जानकारी गरएको छ ।

आफ्नो वेबसाइटमा सबै सुरक्षित रहन आग्रह गर्दै थिएटरले चैत ३० गतेसम्मको लागि कार्यशाला, तालिमहरु बन्द गरेको जनाएको छ । साथै कोभिड-१९ लाई जित्न सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.