एलिनालाई ‘राष्ट्रिय नारी सम्मान २०७६’


सेलिब्रेटी नेपाल

काठमाडौं: ‘मिसेस टप अफ दि वल्र्ड नेपाल २०१९’ की विजेता एलिना शाक्य तुलाधर ‘राष्ट्रिय नारी सम्मान २०७६’बाट सम्मानित भएकी छन् । शान्ति र बिकाशको लागि नागरिक आवाज नामक संस्थाद्वारा ११०औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अबसर पारेर राजधानीमा आयोजित एक कार्यक्रममा उनलाई सो सम्मान दिइएको हो ।

कार्यक्रममा राष्ट्रिय सभाका उपाध्यक्ष माननिय शशिकला दाहाल तथा पूर्वमन्त्री माननिय राधाकुमारी ज्ञवालीलगायतले उनलाई खादा, माला र सम्मान पत्रले प्रदान गरेका थिए । एलिनालाई सौदर्य प्रतियोगिताको माध्यमबाट देशको नाम अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन सफल भएको भन्दै सम्मान गरिएको हो । कार्यक्रममा कलाकार, ब्यवसायी, खेलाडी लगायत बिभिन्न क्षेत्रका महिला समेत सम्मानित भएका थिए । एलिना नेपालको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय सौदर्य प्रतियोगिता ‘मिसेस टप अफ दि वल्र्ड’मा समेत सहभागी थिइन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.