बिनस्टक एशियालाई ‘मिस नेपाल २०२०’ को क्रिएटिभ तथा डिजिटल मार्केटिङको जिम्मेवारी


सेलिब्रेटी नेपाल

काठमाडौँ:द हिडल ट्रिएजरको फ्रेन्चाइज ‘मिस नेपाल २०२०’ को क्रिएटिभ तथा डिजिटल मार्केटिङको अधिकार बिनस्टक एशियाले पाएको छ । यसको स्थापना सन् १९९५ मा भएको थियो । यो मुम्बईमा डिजिटल मार्केटिङ र क्रिएटिभको लागि ख्याती प्राप्त संस्था हो ।

यो नियोगले नेपालमा ‘मिस नेपाल २०२०’ को विस्तारको काम गर्नेछ । साथै उसले नीतिगत सहकार्य र समन्वय र उत्कृष्ट डिजिटल मार्केटिङ लगायतका विभिन्न तरिकाले विश्वमा पनि चिनाउन सहयोग पुर्याउनेछ ।

बिनस्टकएशियाका संस्थापक उपेन्द्र सिंह ठाकुरले भने, ‘नेपालमा मिस नेपाल ब्राण्डको छविमा सुधारका साथै हामी अन्य ब्राण्ड तथा सेवा कम्पनीसँग सहकार्य गरेर नयाँ प्रेरणा दिने काम पनि गर्नेछौं ।’

द हिडन ट्रिएजरका प्रमोटर प्रमोदरत्न कंसाकारले भने, ‘हामी बिनस्टकएशियालाई हाम्रो सृजनशीलता तथा डिजिटल सहकर्मी बनाउन पाउँदा पाउँदा निकै खुसी छौं । यसबाट हाम्रो ब्राण्डलाई अफलाइन र अनलाइन जगतमा स्थापित गर्न र यसको आकर्षण नेपालमा मात्र नभई विश्वभर विस्तार गराउन सक्छ । बिनस्टकएशियाले बिज्ञापन र डिजिटल मार्केटिङको क्षेत्रमा लामो समय देखि कार्य गर्दै आई रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.