मिसेस हेरिटेज इन्टरनेशनल नेपाल बिसुराल सम्मानित


सेलिब्रेटी नेपाल

काठमाडौं:’मिसेस हेरिटेज इन्टरनेशनल नेपाल २०१९’की विजेता दुर्गा बिसुराल ‘ २०२०’ सम्मानित भएकी छन् । अर्थ एवम संचार, सुचना तथा प्रबिधि मन्त्री डा. युवराज खतिवडा, राष्ट्रिय सभाकी सांसद कोमल वली लगायतले उनलाई सो सम्मान प्रदान गरेका हुन् । जनचेतना नेपालद्धारा राजधानीको भृकुटी मण्डप स्थित प्रर्यटन बोडको सभा हलमा आयोजिक युवा अभिप्रेरण उत्प्रेरक सम्मान तथा जनचेतना नेपालको छैठो बार्षिक उत्सवमा बिसुरालले समाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको हो ।

कृषी, पर्यटन, शिक्षा, स्वस्थ्य एवं प्रर्याबरण संरक्षण अभिनयनसँग सम्बन्धित अभियान्ताहरुको उपस्थिती रहेको कार्यक्रमको उदेश्य युवा अभिप्रेरणा कार्यक्रमबाट बिकाश साझेदारी गर्नु रहेको आयोजकले बताएको छ । सम्मानले समाज प्रति आफुलाई थप जिम्बेवार बनाउदै अझ राम्रो काम गर्न हौसला र प्रेरणा प्रदान गरेको विसुराले बताइन् ।

इप्लनेट प्रालीको आयोजना रहेको सिंगापुरमा सम्पन्न कार्यक्रम मिसेस हेरिटेज २०१९मा बिसुरालले नेपालको प्रतिनिधित्व समेत गरेकी थिइन् । किसुराल रिवाज फाउन्डेसनकी अध्यक्ष समेत हुन् । कार्यक्रममा अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, कलाकार लय संग्रौला, चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का लगायतको उपस्थिती रहेको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.