आर्टिस्ट नेपाल फेसन रनवे नगरकोटमा


सेलिब्रेटी नेपाल

काठमाडौं: फागुन ३० गते शुक्रवार नगरकोटमा भव्य फेसन शो आयोजना हुने भएको छ । नगरकोटस्थित होटल कन्ट्रि भिल्लामा ‘आर्टिस्ट नेपाल फेसन रनवे एण्ड म्युजिकल नाईट’ शीर्षकको मनोरञ्जनात्मक कार्यक्रम आयोजना हुन लागेको हो । फेसन शोमा १२ मोडलहरुले विभिन्न फेसन डिजाइनरका पहिरनहरु क्याटवाकमार्फत प्रस्तुत गर्नेछन् । कार्यक्रममा आधा दर्जन गायक गायिकाहरुले सांगीतिक प्रस्तुति समेत दिने छन् ।

फेसन शोमा क्रियटिभ ईन्स्टिच्यूट अफ फेशन टेक्नोलोजीका अफिसियल डिजाईनमा वे आउट ब्युटी सलुनको मेकअपमा मोडल तथा कलाकारहरुले प्रस्तुति दिन लागेका हुन् ।

‘मन्जुश्री चाईल्ड केयर सेन्टर’ को सहयोगार्थ आयोजना हुन लागेको उक्त फेसन शोमा मोडलहरु सदा थापा, सजु पौडेल, बिपना थापा, आयुष्मा गिरि, पुजा सिलवाल, सुस्मिता श्रेष्ठ, हिमानी गुरुङ, निमा शेर्पा, अनिता बम्जन , कबिता कोईराला , शेलिना भुजेल, मनिषा छेत्रीले क्याटवाक गर्दैछन् । फेसन शोको शो स्टपर्समा चन्दा थापा तथा अरुणी वाईबा छन्।

सांगीतिक प्रस्तुतिमा गायक तथा नायक कोसिस क्षेत्रि, सन्तोष लामा, नेपाल आईडल बुद्ध लामा, बिनोद ढकाल, कमेडियन महादेव त्रिपाठी , डिजे रुकेन श्रेष्ठ, आरडी, प्रिती रति लगायात छन्। यो कार्यक्रमलाई आर्टिष्ट नेपाल स्टुडियोजले आयोजना गर्न लागेको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.